• जोस : मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका पाँच जनाको वीभत्स हत्या गरेको छ ।

    बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

    घटनामा मारिएका सबै फुसा समुदायका सदस्य भएका जनाउँदै प्रहरीले सन्दिग्ध अपराधीहरूको खोजी भइरहेको बताएको छ । सर्वाधिक जनसङ्ख्या भएको नाइजेरिया शृङ्खलाबद्ध सशस्त्र आक्रमणको सिकार बनेको छ ।

    यो वर्ष धेरै सर्वसाधारण र सुरक्षाकर्मी त्यस्ता आक्रमणमा मारिएका छन् ।