

सरकारका हिसाव जाँच्नेको बिदेशमा पनि आतंक
त्यसमाथि आर्थिक वर्ष अन्त्य भएको छैन । बेरुजु फस्र्यौटमा कति कम भयो, त्यसको हिसाब निस्किने बेला भएको छैन । त्यही नाममा महालेखाका कर्मचारी उता पुगिदिन्छन् । त्यसमाथि आते–जातेबाहेक खाते–पिते, घुम्ते–रम्ते सबै दूतावासको खर्चमा । यता कार्यालयबाट दैनिक भ्रमणभत्ता पनि पाइने । र, त्यो भत्ताचाहिँ थुपारेर राख्ने † अरुलाई हिसाब किताब राम्रोसँग राख्नु भनेर सुशासन सिकाउन जानेहरु आफूले दोहोरो भत्ता लिन सुहाउँछ कि सुहाउँदैन ? वा, साउनपछि गए हुन्थ्यो । नभए यतै स्रेस्ता मगाएर हिसाब निकाल्न सकिन्छ ।
-
काठमाडौं ।
सरकारका हिसाब जाँचकीहरु घुम्ने, खाने र रमाउने रहरले विदेशतिर पनि आतंकै मच्चिएको छ ।
विदेशस्थित केही कूटनीतिक नियोगमा बेरुजु र आर्थिक अनियमितता भए होलान्, तर अहिले त्यही नाममा सबैजसो मिशनका कर्मचारी कस्तो पेलानमा छन् भने, ज्वाइँजसरी रंगरंगका मान्छेलाई पालैपालो पाल्नुपर्ने । यस्तो आतंक चलाएको छ, महालेखा नियन्त्रक कार्यालयले । अर्धस्वायत्त निकायका रुपमा विशिष्ट श्रेणीको कर्मचारीलाई त्यो संस्था जिम्मा लगाइन्छ । सम्पर्क मन्त्रालय अर्थ हो । त्यसैबाट लेखा परीक्षणका नाममा विदेश जानेहरुको लर्को छ । दूतावासहरुले कतिलाई पाल्ने ? कुनै हिसाब छैन । महालेखा परीक्षक, महालेखा नियन्त्रकजस्ता अनेक नामका टोली विदेश जाने गरेको जनआस्थाको समाचारमा छ । ती ‘बिन बुलाए मेहमान’ गएर ढस–मस्स बसिदिए पुग्यो, व्यवस्था गरिदिनुपर्नेको रुवाबासी हुन्छ । त्यसमाथि आर्थिक वर्ष अन्त्य भएको छैन । बेरुजु फस्र्यौटमा कति कम भयो, त्यसको हिसाब निस्किने बेला भएको छैन । त्यही नाममा महालेखाका कर्मचारी उता पुगिदिन्छन् । त्यसमाथि आते–जातेबाहेक खाते–पिते, घुम्ते–रम्ते सबै दूतावासको खर्चमा । यता कार्यालयबाट दैनिक भ्रमणभत्ता पनि पाइने । र, त्यो भत्ताचाहिँ थुपारेर राख्ने † अरुलाई हिसाब किताब राम्रोसँग राख्नु भनेर सुशासन सिकाउन जानेहरु आफूले दोहोरो भत्ता लिन सुहाउँछ कि सुहाउँदैन ? वा, साउनपछि गए हुन्थ्यो । नभए यतै स्रेस्ता मगाएर हिसाब निकाल्न सकिन्छ ।
कस्तोसम्म भने, हाम्रो मान्छे, राम्रो मान्छे जिल्ला शिक्षा अधिकारी भएर ललितपुरमा बसेका सूर्यप्रसाद गौतमलाई महालेखा नियन्त्रक बनाइएको छ । ललितपुरमा शिक्षक संगठनहरुसँग लफडा परेपछि मन्त्रालयले पोखरा लखेटेको थियो । कस्तो अचम्म, विद्यालय निरीक्षण गरेर हिँडेको मान्छे सरकारको लेखा फाँटमा † युवा उमेरमै लोकसेवा उत्तीर्ण गरे । लामो समय शिक्षामा बसे । उत्कृष्ट निजामती कर्मचारी पुरस्कार पाएको अर्को वर्ष प्रश्नपत्र लिक गरेर श्रीमतीलाई अधिकृतमा पास गराएको काण्डमा परे । अनुमान गरौँ त, विद्यार्थीका निम्ति प्रश्नपत्र बनाउने मान्छेलाई हिसाब किताब मिलाउने विशिष्ट श्रेणीको जिम्मेवारी कति सुहाउँदो कुरा हो ? उनले प्रश्नपत्र बाहिर ल्याएर पत्नीलाई जाँचमा त उत्तीर्ण गराए । तर, चोरिएको प्रश्नपत्रबाट उत्तीर्ण भएको नाममा पत्नीको परिक्षाफल रद्द भयो । प्रश्नपत्र दिने जोगिए, त्यो प्रश्नपत्रका आधारमा परीक्षा उत्तीर्ण हुनेको चाहिँ जागिर गयो ।
News Desk 0 response बुधबार, असार २५, २०७६
यी महालेखा नियन्त्रक साउनको पहिलोहप्ता अनुभव आदानप्रदानको नाममा पाँच–सात जनाको टोलीसहित अमेरिका जाँदैछन् । अर्थ मन्त्रालयको नाकैमुनि, मितव्ययिताको नारा पनि छ । तर, यस्ता उपलब्धीविहीन, उपादेयताविहीन भ्रमण आदेश पनि स्वीकृत हुँदैछन् ।

सम्बन्धित शीर्षकहरु
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो
सोमवार, बैशाख २१, २०८३-
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३ -
भूमि आयोग खारेज !
मङ्लबार, बैशाख २२, २०८३ -
युएईको सरकारी तेल ट्यांकरमा आक्रमण, खाडी क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३
-
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३ -
भूमि आयोग खारेज !
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



