

बिगत भन्दा ६० प्रतिशत बढी भ्रष्टाचार
बिगत भन्दा यो आर्थिक वर्षका ११ महिनामा ६० प्रतिशत बढी भ्रष्टाचार मुद्दा दायर गरेको छ । ७ सय ७० जनाविरुद्ध मुद्दा दायर गरिए पनि तीनमा शक्तिको दुरुपयोग गरी धन आर्जन गर्नेको संख्या भने निकै कम छ । ठूला आयोजनामा चरम लापर्बाही, व्यापारीसँग मिलेमतो गरी कमसल सामान महँगोमा खरिद र सेवाग्राहीको भीड लाग्ने कार्यालयमा घूसबिना कामै नगर्ने प्रवृत्ति व्यापक देखिएको छ ।
-
काठमाडौं । अघिल्लो बर्ष भन्दा अहिले ६० प्रतिशत बढी भ्रष्टाचार भएको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्षको तुलनामा अहिले दर्ता गरेको मुद्धाले यस्तो देखाएको हो । बिगत भन्दा यो आर्थिक वर्षका ११ महिनामा ६० प्रतिशत बढी भ्रष्टाचार मुद्दा दायर गरेको छ । ७ सय ७० जनाविरुद्ध मुद्दा दायर गरिए पनि तीनमा शक्तिको दुरुपयोग गरी धन आर्जन गर्नेको संख्या भने निकै कम छ । ठूला आयोजनामा चरम लापर्बाही, व्यापारीसँग मिलेमतो गरी कमसल सामान महँगोमा खरिद र सेवाग्राहीको भीड लाग्ने कार्यालयमा घूसबिना कामै नगर्ने प्रवृत्ति व्यापक देखिएको छ ।
अख्तियारले पछिल्लो ११ महिनामा ७ सय ७० जनाविरूद्ध भष्टाचारका ३ सय ९ वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । अघिल्लो वर्षको तुलनामा ६० प्रतिशत बढी भ्रष्टाचार मुद्दा यो वर्ष चलाएको छ । मुख्य अभियुक्तसँग लिइएको बिगोको मात्र हिसाब गर्दा यो वर्ष २ अर्ब २१ करोड १५ लाख रुपैयाँ बराबरका भ्रष्टाचार मुद्दा अदालत पुगेका छन् । सबैभन्दा बढी घूस लेनदेनमा १ सय ६६ जनाविरुद्ध १ सय २१ मुद्दा चलाइएको छ । र, १ करोड ६८ लाख रूपैयाँ घूसको कारोबार अख्तियारको जालमा परेको छ । सबैभन्दा बढी घूस अख्तियारकै तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख लिएको विवरण छ । सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोगमा ३ सय ५२ जनाविरुद्ध ६० वटा मुद्दा दायर गरी मुख्य अभियुक्तसँग १ अर्ब ४८ करोड २७ लाख विगो दाबी गरिएको छ । गैरकानुनी लाभ लिएको वा हानी पुर्याएकोमा ८५ जनाविरुद्ध १७ वटा मुद्दा चलाइएको छ । राजश्व हिनामिनाका १० मुद्दामा ३९ जनाविरुद्ध १५ करोड ७९ लाख विगो माग गरिएको छ भने ८८ जनाविरुद्ध नक्कली प्रमाणपत्रका मुद्दा दायर गरिएका छन् । पद र शक्तिको दुरूपयोग गरी अकुत सम्पत्ति कमाएको अभियोगमा भने अख्तियारले जम्मा ११ मुद्दा चलाएको छ, जसले ५२ करोड ३८ लाख रूपैयाँ भ्रष्टाचारबाट कमाएको अख्तियारको निष्कर्ष छ । अर्थात् भ्रष्टाचार गर्ने सार्वजनिक पदाधिकारीले औसत ४ करोड ४७ लाख रूपियाँ अवैध आर्जन गरेको देखाउँछ ।
News Desk 0 response बिहिबार, असार १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३



