

अख्तियारको अनुसन्धानमा रहेका एसपीलाई अमेरिका तालीममा सिफारिस
सवारी ज्यान मुद्दामा नक्कली चालक खडा गरी वास्तविक चालक भगाएको आरोप बल्झिँदा सिन्धुपाल्चोकको जिम्मेवारीमा रहेका मुकुन्द मरासिनी झण्झटमा परेका हुन् । सो मुद्दा हेर्नका लागि अख्तियारले अर्का एसपी प्रवीण पोखरेललाई अनुसन्धान अधिकृत तोकिसकेको छ । तर, उनलाई भने प्रहरी प्रधान कार्यालयले अमेरिका तालिममा पठाउन सिफारिस गरेको छ ।
-
काठमाडौं ।
पुलिसकै एकजना एसपीको पुरानो केस बल्झिएको छ । सवारी ज्यान मुद्दामा नक्कली चालक खडा गरी वास्तविक चालक भगाएको आरोप बल्झिँदा सिन्धुपाल्चोकको जिम्मेवारीमा रहेका मुकुन्द मरासिनी झण्झटमा परेका हुन् । सो मुद्दा हेर्नका लागि अख्तियारले अर्का एसपी प्रवीण पोखरेललाई अनुसन्धान अधिकृत तोकिसकेको छ । पोखरेल र मरासिनी ब्याजी अधिकृत हुन् । तर, उनलाई भने प्रहरी प्रधान कार्यालयले अमेरिका तालिममा पठाउन सिफारिस गरेको छ । दश दिनसम्म अमेरिकामा हुने वाईड लाईफ तालिमका लागि आईजिपी सर्वेन्द्र खनालले सिफारिस गरेका हुन् । केही दिनमा उनी तालिममा जान लागेको प्रहरी प्रधान कार्यालले पुष्टि गरेको छ । मरासिनी आईजिपीको नजिकको मान्छे भन्दै सिन्धुपाल्चोकमा गिटी बालुवा कारोवारीसँग मनग्ये रुपैयाँ लिएको आरोप लागेका प्रहरी अधिकृत पनि हुन् ।
यस्तो गम्भीर कसुरमा मरासिनीलाई त्यसबेला रुपन्देही प्रहरी प्रमुख रहेका एसपी रवीन्द्र धानुकले मरासिनीलाई सचेत गराएका थिए । अहिले बल्झिएको मुद्दामा एसपी मरासिनी, तत्कालिन अनुसन्धान अधिकृत डीएसपी भीमलाल भट्टराई र सई नमराज पोखरेल तानिएका छन् ।
News Desk 0 response बुधबार, असार ११, २०७६
०७२ चैत १७ गते तिलोत्तमा नगरपालिका– ७ स्थित सिद्धार्थ राजमार्गबाट पश्चिम भित्री सडक खण्डमा वर्ष १६ का दुर्गाबहादुर केसीले चलाएको लु.७प ७८६४ नम्बरको मोटरसाइकलले ७५ वर्षीय पैदल यात्रु गुरुप्रसाद आलेलाई ठक्कर दिई घाइते बनाएको थियो । उपचार क्रममा घाइतेको मृत्यु भयो । प्रहरीले हेल्मेट नलगाएका र लाइसेन्स पनि नभएका चालक दुर्गाबहादुरलाई भगायो, सट्टामा मामा नाता पर्ने बाग्लुङ, देवीथान– १ का २४ वर्षीय मिथुन भण्डारीलाई चालकका रुपमा खडा ग¥यो । तर, पीडितको जाहेरी, ट्राफिकको घटनास्थल स्केच सबैमा चालक दुर्गाबहादुर नै हुन् भन्ने खुल्छ । घटनालाई थामथुम पार्न पीडक र प्रहरीबीच रकमको लेनदेनका विषयमा छलफल चल्यो । यही कारण प्रहरीले चालकलाई दुई दिनसम्म पक्राउ गरेन । प्रहरीस्रोत भन्छ, ‘लाइसेन्स भएको व्यक्तिले चलाएको मोटरसाइकलबाट दुर्घटना भएको पुष्टि गर्नका लागि डिएसपीले भण्डारीउपर मुद्दा चलाउन निर्देशन दिएका हुन् । भाञ्जालाई जोगाउनका लागि मामा पक्राउ पर्न तयार भए ।’ मरासिनीमाथि दुर्घटनाको मिसिल कमजोर बनाई अदालतबाटै उम्काउने भन्दै पीडक पक्षबाट १० लाख रुपैयाँ लिएको आरोप लागेको छ । पीडक र प्रहरीबीचको संयोजन भलवारीका प्रेम थापाले गरेका थिए । पैसाको कुरा आएपछि प्रहरीले वास्तविक चालकलाई पनि पक्राउ गरी सवारी ज्यानमा मुद्दा चलाएको छ । तिनलाई दुई वर्ष एक महिना कैद सजाय भएको थियो । उनी कपिलवस्तु जिल्ला कारागारबाट०७६ वैशाख २१ मा सजायँ भुक्तान गरी छुटे । एउटा पक्षसँग पैसा लिने, अनि, आफूलाई अप्ठेरो पर्लाजस्तो भएपछि मुद्दा पनि चलाउने भएपछि अख्तियार तातेको हो ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३



