कर्मचारी नेतालाई कसले छुने
सुवोध देवकोटा कांग्रेसनिकट निजामती कर्मचारी युनियनका नेता । शुरुदेखि राम्रो आम्दानी हुने रसुवाको एउटा सडक परियोजनाका इञ्जिनियर र आयोजना प्रमुख । भोला पोखरेल पूर्वएमालेसम्बद्ध कर्मचारी संगठनका नेता । समायोजन भएको २२ दिनभित्र खटाएको ठाउँमा नपुगे बर्खास्त हुने नियम छ । यसको शिकार एक नगरपालिकाका कार्यकारी अधिकृत र सचिव भइसकेका छन् । तर, भोलाहरूमाथि केही भएको छैन । उनी आफ्नै गृहजिल्ला खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सरुवा भएका थिए, गएनन् ।
-
काठमाडौं ।

सगरमाथा चढ्ने विदेशीको सम्पर्क अधिकृत (लियाजो अफिसर) बनेर चार चोटिसम्म खटिए । तर, एकचोटि पनि गएनन्, यतै काठमाडौंतिरै भेटिन्छन् । आधिकारिक ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष पनि हुन् । उनकै टिमका सरकारी वकिल युवराज महत र पत्नी लेखा पनेरु पनि सगरमाथामा लियाजो खटिने÷मुद्दा परे पतिले मिलाउने, प्रत्येक सिजनमा कुन कुन देशका मालदार पर्वतारोही आउँदै छन् पर्यटनमा अधिकृत रहेकी पत्नीले हिसावकिताव निकाल्ने । यसरी दम्पत्तिले काठमाडौं बसीबसी कम्तिमा ५ लाख घर भिœयाउने । यस्तै कर्मचारीका कारण हो, बेलायत भ्रमणका कारण प्रधानमन्त्रीले लज्जित हुनुपरेको । त्यहाँ सोधियो, ‘तपाईंका अफिसरहरू सम्पर्क अधिकृत तोकिन्छन्, तर काठमाडौंमै बसेर भत्ता खाइरहेका छन् नि । ’ हिमाल छानेर जाने, टिम पनि रोजेर जाने प्रबृत्ति छ । युरोपियन, स्पेनिस र जापानिजसँग गए पैसा राम्रो पाइन्छ । बढीजसो जोखिमपूर्ण मानिने खुम्बु क्षेत्र रोजिन्छ । तर त्यहाँ नटेक्ने, यतै पैसा बुझेर खाने चलन छ । तल्लो दर्जाका कर्मचारीलाई केही प¥यो भने ‘खबर गर है’ भन्ने, पन्छिने । लियाजो अफिसर तोकिने भनेको कर्मचारीलाई भत्ता खुवाउन मात्रै होइन । विदेशी पर्यटकलाई बाटोमा आइपर्ने समस्या हल गरिदिने, संस्कृति, प्रचलन, रीतिरिवाजबारे जानकारी गराउने पनि हो ।
यदि उनीहरूले स्थानीय संस्कृतिको उपेक्षा गरे भने सचेत गराउने काम लियाजो अफिसरको हुन्छ । विदेशीहरू झरना, खोला, देखे भने ढुंगामा फ्यात्त कपडा मिल्काएर कतिपय ठाउँमा नग्न वा अर्धनग्न हुन रुचाउँछन्, हिन्दू मन्दिरतिर छिरिदिन्छन् । तर हाम्रो सामाजिक संरचनामा त्यस्ता गतिविधि वर्जित छन् । सर्वोच्च शिखरमै अश्लील तस्बिर खिचेर पोष्ट गरी देशको घोर बेइज्जत गरेको पनि भेटिएकै हो । यस्ता त्रुटी सम्बन्धित पर्यटकबाट त भयो, तर हुन नदिनबाट रोक्नुपर्ने सरकारी कर्मचारीचाहिँ कता अल्मलियो ?
जनआस्थावाट
News Desk 0 response बुधबार, असार ११, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३