गृहमन्त्रालयकै कर्मचारी संयन्त्र फितलो, निर्देशनमा पटक पटक बिवाद
गृहमन्त्रालयमा कर्मचारी संयन्त्र फिलतो हुँदा यसको निर्देशन पटक पटक बिवादित हुन थालेको छ । मन्त्रालयको सचिवालयमा पनि कर्मचारी संयन्त्रनै हावी हुन्छ । त्यसोत नीतिगत समस्या समाधानका लागि नै कर्मचारीसंयन्त्र राखिएको हुन्छ ।
-
काठमाडौं ।

पछिल्लो समय सुरक्षा संगठनहरु तथा जिल्ला प्रशासनलाइ गृहले गरेका कतिपय परिपत्र आलोचनामा परेका छन् । कुनै स्थान विषेश सुरक्षा निकायले दुखै दिएको गुनासो आएको भए सम्बन्धि अधिकृतलाई कार्वाही गर्न सकिन्छ । तर आफु मातहतका निकायलाई विश्वासै नगर्ने शैली विकास भएको छ ।
नागरिकता सम्बन्धि प्रमुख जिल्ला अधिकारीलाइ गरिएको परिपत्र होस वा केही दिनअघि भारतबाट आउने मालवहाक सवारी साधन चेकजाँच नगर्न गरेको सर्कुलर पनि बिवादमा परेको छ ।जेठ २ गते भारतबाट कच्चा पदार्थ बोकेको सवारी साधनलाई ओभरलोडका नाममा अनावश्यक हैरानी दिएको भन्दै चेकजाँच गृहमन्त्रालयबाटै परिपत्र आएपछि भारतसँग सीमा जोडिएका स्थानीय प्रशासन अलमलमा परे । गृहको परिपत्रले गर्दा नेपाल प्रवेश गर्ने मालवाहक सवारी भन्सार जाँच पास गरे पछि कुनै पनि सुरक्षा निकायले जाँच गर्न नपाउने भयो । गृहले आफ्ना निकायलाई शंका लागेको अवस्थामा पनि सुरक्षा जाँच गर्न पाउने प्रावधान समेत नराखि गरेको परिपत्रले अन्योल र आलोचना भए पछि त्यसलाई प्रष्टिकरण दिन अर्को विज्ञप्ती निकाल्नु पर्ने अवस्था आयो । दुइ महिना अघि जन्मका आधारमा नागरिकता पाउनेका सन्तानलाई वंशज आधारमा नागरिकता दिनु भनेर गृहले त्यस्तै परिपत्र जिल्ला प्रशासन कार्यलयहरुमा गरेको थियो । नागरिकताजस्तो संवेदनशिल विषयको विधेययक माथि संसदमा छलफल भैरहेकै बेला यस्तो परिपत्र गरेपछि त्यसबेला पनि गृहमन्त्रालय विवादमा तानिएको थियो । यद्यपि पछि यसलाइ सर्वोच्च अदालतले नै रोक लगाइदियो । गृह मन्त्रालय मुलुकको आन्तरिक सुरक्षाको नेतृत्व गर्ने भएकाले उसका निर्देशनको गंभीर महत्व र प्रभाव हुन्छ ।
News Desk 0 response आइतवार, असार ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३