

-
मनिला : फिलिपिन्समा पूर्व राष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।
कठोर शासकका रुपमा चिनिनु भएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरु उठाउनु भएको थियो ।
दुई प्रभावशाली राजनीतिक नेताहरुको तालमेलका कारण उहाँहरुका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मङ्गलबार विजयी भएका छन् ।
राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाउनु भएको र त्यो सङ्ख्या आफ्नो प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धीको रुपमा उदारवादी पक्षधर एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा थिए ।
नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरी मतदान भएको थियो । त्यस अन्तर्गत एक एक जना राष्ट्र्पति र उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसदका प्रतिनिधिहरु र १७ सय भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरु रहेका छन् ।
मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिवी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरु जनाउनु भएको थियो । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका थिए ।
पूर्व सिनेटर समेत रहनु भएका ६४ वर्षका मार्कोसले अब वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई विस्थापित गर्नेछन् । अहिलेका राष्ट्रपतिको ६ बर्षे कार्यकालमा देशमा धेरै हिंसात्मक घटनाहरु भएका छन् ।
फिलिपिन्सको राष्ट्रपति बन्नका लागि अरु आठ जनाले पनि उम्मेदवारी दिएका थिए । निर्वाचनको सुरक्षाका लागि ४५ हजार सैनिक र ६० हजार प्रहरी परिचालन गरिएको थियो ।
News Desk 0 response मङ्लबार, बैशाख २७, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


