

एकजना लेखापालको ५ करोड १० लाख ३३ हजार अबैध सम्पत्ति
यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीलाई अकुत सम्पति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले आफू र श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी )¸ सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठलगायत सासू पुष्पकुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा सम्पत्ति राखेका थिए।
-
काठमाडौं ।
एकजना लेखापालले भ्रष्टाचार गरेर ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको खुलासा भएको छ । यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीलाई अकुत सम्पति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले आफू र श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी )¸ सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठलगायत सासू पुष्पकुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा सम्पत्ति राखेका थिए।
लेखापाल अधिकारीले उक्त सम्पत्तिको स्रोतसमेत खुलाउन नसकेकाले अख्तियारले उनी विरुद्द भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर मबोजिम मुद्दा दायर गरेको जनाएको छ।त्यसपछि २०६० जेठ २६ गतेदेखि २०६५ चैत २९ गतेसम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ मा कार्यरत रहेका थिए। टेलिकममा सेवा गरिसकेपछि २०६५ चैत ३० मा निजामती सेवाको लेखापाल पदमा अधिकारीले नयाँ नियुक्ति लिएका थिए। त्यसबेला कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुर हुँदै मिति २०६७ चैत २० गते २०७४ वैशाख ६ गतेसम्म सम्म यातायात व्यवस्था कार्यालय, इटहरीमा लेखापालको पदमा कार्यरत थिए।
उनले पाउने तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री¸ नगद अंश भर्पाई, कर्जालगायतबाट कुल ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आम्दानी हुन आउँछ।
उक्त चलअचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दातलगायत गरी ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ। उनको वैध आम्दानी जम्मा ८८ लाख ३४ हजार ८सय ८५ देखिएको तर ५ करोड १० लाख ३३ हजार ६ सय ३३ रुपैयाँ अकुत सम्पत्ति कमाएको देखिएको अख्तियारले जनाएको छ।
News Desk 0 response सोमवार, बैशाख २३, २०७६

सम्बन्धित शीर्षकहरु
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो
सोमवार, बैशाख २१, २०८३-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३



