प्रहरी समायोजन, संघीय निजामति सेवालगायतका विधेयक अझै बिचाराधिन
प्रदेशहरुले गर्नुपर्ने काम आगामी आर्थिक वर्षमा पनि कानुन नभएको बहानामै प्रभावित हुने खतरा देखिएको छ । हुनत संसदको अधिबेशन सुरु भएको छ । तर, यो अधिवेशनको प्राथमिकतामा सरकारको निति तथा कार्यक्रमका साथै बजेट हुने भएकाले कानुन निर्माणको पाटो ओझेलमा पर्नसक्छ ।
-
काठमाडौं ।

संघले कानुन निर्माणको काम नसकेसम्म प्रदेशमा कानुन निर्माण र कार्यान्वयन हुन सक्दैन । तर विधेयक अधिवेशनले नै आवश्यकता अनुसार काम गर्न नसकेको अवस्थामा बजेट अधिवेशनबाट सवै कानुन निर्माण हुने संभावना न्युन छ ।संसद सचिवालयमा अहिले २९ वटा विधेयक दर्ता भइ छलफलका क्रममा छन । यसबाहेक एक दर्जन बढि विधेयक मन्त्रिपरिषद्ले पारित गरि संसद सचिवालयमा दर्ता गर्ने तयारी छ । यसका अलावा २३ वटा विधेयकचाहिँ सैद्धान्तिक छलफलका लागि कानुन मन्त्रालयमा छ । अरु केही विधेयक भने सम्वन्धित मन्त्रालयले मस्यौदा गरिरहेका छन् । अघिल्लो अधिवेशनमा संघीयता कार्यान्वयनका लागि अति आवश्यक विधेयकहरु पारित नभएकाले ती यस अधिवेशनमा सरेका हुन । प्रहरी समायोजन, संघीय निजामति सेवा, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्वन्धी र नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वयलगायतका विधेयक अहिले विचाराधिन अवस्थामा छन । नागरिकता ऐन संशोधन, सुचना प्रविधिसम्बन्धि विधेयक पनि संसदमै छन् । ।
News Desk 0 response बिहिबार, बैशाख १९, २०७६

सम्बन्धित शीर्षकहरु
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३

दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३