

बर्चस्व कायम गर्न ७० पार गरेका काँग्रेस नेता देश दौडाहामा
उमेरले ७२ नाघेका देउवा कतिपय ठाँउमा हिडेरै कार्यक्रम स्थलमा पुगे । यस्तै सक्रियता वरिष्ठ नेता रामचन्द्र पौडलेको पनि छ । ७४ वर्षिय पौडेल पनि चैतमा ८ भन्दा बढी जिल्ला पुगेर कार्यकर्ता आफुतिर तान्न प्रयास गरे ।
-
काठमाडौं ।
नेपाली कांग्रेसको महाधिवेशन आउन अझै दुई वर्ष बाँकी छ । तर पार्टीको भावी नेतृत्वमा स्थापित हुन उमेरले ७० पार गरेका दुई शीर्ष नेता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको देश दौडाहा भने अनौठो छ ।
नयाँ पुस्ताका नेताहरुले नेतृत्व हस्तान्तरणको मुद्दा जोडतोडका साथ उठाउन थालेपछि दुवै नेताले देश दौडाहा तिव्र पारेका हुन् । सभापति शेरबहादुर देउवाले चैतमा मात्र १४ भन्दा बढी जिल्ला पुगेर दर्जनौँ कार्यक्रम गरे ।
उमेरले ७२ नाघेका देउवा कतिपय ठाँउमा हिडेरै कार्यक्रम स्थलमा पुगे । यस्तै सक्रियता वरिष्ठ नेता रामचन्द्र पौडलेको पनि छ । ७४ वर्षिय पौडेल पनि चैतमा ८ भन्दा बढी जिल्ला पुगेर कार्यकर्ता आफुतिर तान्न प्रयास गरे । दुवैको दौडधुप आफ्नो धरातल नाप्न र पार्टी भित्रको मत आफुतिर तान्नेमा केन्द्रित छ ।नेताद्वयको आगामी महिनाको भ्रमण तालिका पनि तय भैसकेको छ । बढ्दो उमेर र पार्टीभित्र नेतृत्व हस्तान्तरणको मुद्दा पेचिलो भइरहेका बेला देउवा र पौडेलले देखाएको सक्रियता आफ्नो वर्चश्व स्थापनामै मात्र केन्द्रीत छ । शिर्ष नेतृत्वको यो दौडाहालाई स्वाभाविक मान्ने तप्का भने पार्टीमा ठूलै छ ।
विद्यार्थीकालदेखि नै पार्टी राजनीतिमा समकालिन प्रतिस्पर्धी हुन् देउवा र पौडेल । पार्टीभित्र फरकफरक गुटको नेतृत्व गरिरहेका नेताद्वयका लागि पुस्तान्तरणको मुद्दाले भने झस्काएको छ ।
News Desk 0 response बिहिबार, बैशाख ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



