

-
काठमाडौं ।
एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौता तयार भएको छ । दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान मस्यौदा तयार भएको नयाँ पत्रिका दैनिकमा खबर छ ।
१६ अध्याय र ७८ धारा रहेको विधान मस्यौदालाई तीन विषयबाहेक संगठन तथा विधान मस्यौदासम्बन्धी कार्यदलले बुधबार टुंगो लगाएको हो ।
विधान मस्यौदाको प्रस्तावनामा जनआन्दोलन र जनक्रान्तिका उपलब्धि लेखिए पनि जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्ने विषय टुंगिएको छैन । जनक्रान्ति लेखिसकेपछि जनयुद्धको भाव समेट्ने एमालेको अडान छ भने माओवादीले जनयुद्ध शब्द नै राख्नुपर्ने तर्क गरिरहेको छ ।
समाचार अनुसार चुनाव चिह्नमा पनि विवाद छ । माओवादी नेताहरुले सूर्यभित्र हँसिया हथौडा राखेर चुनाव चिह्न मिलाउनुपर्ने अडान राखेका छन् । तर एमाले नेताहरुले भने सूर्य चिह्न मात्रै राख्नुपर्ने तर्क गरेका छन् । ०४८ देखि सूर्य चिह्न जनस्तरमा परिचित भएकाले प्रभावकारी हुने एमाले नेताहरुको भनाइ छ ।
दुई पार्टीका भागबन्डा कुन अनुपातमा गर्ने भन्ने पनि टुंगिन बाँकी छ । माओवादीले समानताको आधारमा एकीकरण हुनुपर्ने बताएको छ भने एमालेले बढीमा ६०–४० को अनुपातमा एकीकरण गर्न सकिने बताएको छ ।
News Desk 0 response बिहिबार, चैत्र १५, २०७४

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



