

नक्कली प्रमाणपत्रमा जागीर खाने प्रहरीमा धेरै
पछिल्लो समय प्रहरी सेवामा नक्कली शैक्षिक प्रमाणपत्रको विषयमा धेरै उजुरी पर्न थालेको अख्तियारले जनाएको छ। सेवा प्रवेशदेखि बढुवा हुँदा उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरे लाभ लिने गरेका छन्। जवानदेखि अधिकृतसम्मकै उजुरी आउने क्रम बढेको अख्तियारले जनाएको छ। अनुसन्धान अधिकृतको समेत नक्कली शैक्षिक प्रमाणपत्र भेटिएको छ।
-
काठमाडौं ।
सेवा प्रवेशदेखि बढुवा हुन छिमेकी भारतको विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र पेस गर्ने नेपाल प्रहरीमा धेरै देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको आधारमा नक्कली प्रमाणपत्रको बिगबिगी प्रहरीमासँगै शिक्षा, स्थानीय तह र संस्थानमा पनि उस्तै देखिएको छ ।
अख्तियारमा कुल मुद्दा दायर भएकामध्ये सबैभन्दा धेरै नक्कली शैक्षिक प्रमाणपत्रकै छन्। उजुरी पनि उस्तै छ । नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १ हजार ८ सय ४५ उजुरी परेका छन्। जसमा ३ सय २९ को मात्रै फस्र्योट भएको छ। १ हजार ५ सय १६ को अनुसन्धान भइरहेको छ।
चालु वर्ष २ सय २० वटा विशेष अदालतमा मुद्दा परेकामध्ये ६४ वटा झुटा शैक्षिक प्रमाणपत्रका छन्। अघिल्लो वर्ष पनि झुटा शैक्षिक प्रमाणपत्रका मुद्दा सबैभन्दा धेरै थिए। गत वर्ष १ सय ९४ वटा मुद्दा दायर गरेकामा ६४ वटा नक्कली शैक्षिक योग्यतासम्बन्धी थिए।
नेपाल प्रहरीमा प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक सुरेशकुमार गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको छ। सइ गुरुङले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, उत्तरप्रदेश, भारतबाट प्राप्त इन्टरमिडिएट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा प्रवेश तथा बढुवा लिई लाभसमेत लिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ। प्रहरी निरीक्षक खेमराज कठायतले बढुवाका लागि नक्कली प्रमाणपत्र पेस गरेका छन्।
उनले इलाहावाद विश्वविद्यालय, इलाहावाद, भारतबाट प्राप्त स्नातक तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी नायब निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा भई लाभ तथा सुविधासमेत लिएका थिए। राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत विमल खड्काले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भएको पाइएको छ। उनले बिहार स्कुल एक्जामिनेसन बोर्ड पटना भारतबाट प्राप्त आईएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा बहाल रही लाभ लिएका थिए।
महानगरीय प्रहरी परिसर जावलाखेलमा कार्यरत प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र घिमिरेको शैक्षिक प्रमाणपत्र पनि नक्कली भएको पाइएको छ। सइ घिमिरेले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा प्रवेश गरी नियुक्ति लिई लाभपछि अख्तियारले मुद्दा दायर गरेको छ। तत्कालीन अञ्चल प्रहरी कार्यालय कोसी, धरान दरबन्दी भई पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा कार्यरत तत्कालीन प्रहरी नायब निरीक्षक सूर्यबहादुर नेपालीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ। सइ सूर्यबहादुर नेपाली भन्ने सूर्यबहादुर दर्जीले प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुने प्रयोजनका लागि बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट प्राप्त मध्यमा तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवासमेत भई सरकारी सुविधा लिएको पुष्टि हुन आएको छ।
News Desk 0 response बिहिबार, चैत्र २१, २०७५

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



