

आफैले गरेको बेरुजुमा ‘क्लिनचिट’ दिँदै मुख्यसचिव !
आफ्नो पालाको बेरुजू फछ्र्यौटमा सहयोग गरेपछि मुख्यसचिव तथा तत्कालिन गृहसचिव लोकदर्शन रेग्मीले अहिलेका प्रहरी प्रमुखलाई आठ हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गर्ने भएका छन् ।
-
काठमाडौं । गृह मन्त्रालय अन्तरगत तत्कालीन गृह सचिव नारायणगोपाल मलेगो (२०७३ साउन १ गतेदेखि २०७३ कात्तिक २० गते ) का पालामा २ अर्ब ३१ करोड ६६ लाख आठ हजार रुपैयाँ बेरुजु देखिएको छ । र, अर्का तात्कालीन गृहसचिव लोकदर्शन रेग्मी ( २०७३ मंसिर १ गतेदेखि २०७४ असार ३१ गतेसम्म ) रहँदा बेरुजु रकम २ अर्ब ५३ करोड ६८ लाख ९७ रुपैयाँ रहेको थियो ।
News Desk 0 response मङ्लबार, चैत्र १९, २०७५
अहिले हालका मुख्यसचिव तथा तत्कालिन गृहसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बेरुजु फछ्र्यौट तथा अनुगमन समितिले सरकारी बेरुजु फछ्र्यौट सम्बन्धी काम गरिरहेको छ । महालेखा परीक्षकको कार्यालयले प्रस्तुत गरेको २०७३-०७४ आर्थिक वर्षको बेरुजु रकम ५ खर्ब आठ करोड रुपैयाँ रहेकाले त्यसको फछ्र्यौटका लागि नेपाल सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बेरुजु फछ्र्यौट तथा अनुगमन समिति गठन गरेर बेरुजुको अंकलाई न्यूनतम झार्ने अभियान थालेको छ । २०७३-०७४ को महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको बेरुजु मध्ये गृह मन्त्रालय अन्तरगतका ८८४ कार्यालय मध्ये ३३९ कार्यालयहरुमा बेरुजु रकमको अंक २ अर्ब ३१ करोड ६६ लाख आठ हजार रहेको थियो ।
सोही सोही समितिले अहिले गृहमन्त्रालय अन्तर्गतको नेपाल प्रहरीले बेरुजू फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कार सिफारिस गरेको छ ।
नेपाल प्रहरी सम्पूर्ण सरकारी निकाय मध्ये ८५.१४ प्रतिशत बेरुजु फछ्र्यौट गर्न सफल भएर सर्बोत्कृष्ट अंक प्राप्त गरेको घोषणा गरिएको छ । आफ्नो पालाको बेरुजू फछ्र्यौटमा सहयोग गरेपछि मुख्यसचिव तथा तत्कालिन गृहसचिव लोकदर्शन रेग्मीले अहिलेका प्रहरी प्रमुखलाई आठ हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गर्ने भएका छन् ।

सम्बन्धित शीर्षकहरु
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



