

-
रुसले युद्ध विरामको पालना नगरेको युक्रेनले आरोप लगाएको छ । रुसले हमला जारी राखेपछि युद्धग्रस्त क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरूको भनाइ छ ।
रुसले शनिवार युक्रेनका दक्षिण पूर्वी दुई सहर मारियुपोल र भोनोभाखामा अस्थायी युद्ध विराम घोषणा गरेको थियो । तर आधा घण्टाभन्दा कम समय मात्रै रुसले युद्ध रोकेको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । जसका कारण हजारौँ नागरिकलाई सुरक्षित तरिकाले बाहिर निकाल्ने काम प्रभावित भएको छ ।
मारियुपोलका उपमेयर सग्रेइ ओर्भोभले बिबिसीसँग भनेका छन्, ‘रुसी सेनाले आधा घण्टाभन्दा पनि कम समयका लागि हमला रोक्यो र फेरि लगातार बमबारी सुरु गर्यो । मानिसहरूलाई बाहिर निकाल्न तयार गरिएको बसहरूमा पनि आक्रमण गरिएको छ ।’
उनले भनेका छन्, ‘रुसी सैनिकले शहरलाई ध्वस्त बनाइरहेका छन् । युक्रेनीहरुलाई मारिरहेका छन् । सडकमा छरिएका लाससमेत हामीले उठाउन पाइरहेका छैनौँ । आक्रमणमा कति जना मारिए भन्नेसमेत जानकारी छैन । यहाँ सकुशल अवस्थाका भौतिक संरचना सायदै होलान् ।’
रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज ११ औँ दिन हो । राजधानी किएभको उत्तर पश्चिम क्षेत्रका सहरहरूमा रुसी सेनाले आक्रमण जारी राखेका छन् । इरपिनमा रहेका बिबिसी सम्वाददाताका अनुसार यहाँबाट मानिसहरू अति आवश्यक सामानहरू बोकेर सुरक्षित स्थानमा जाने कोसिस गरिरहेका छन् । बिबिसीका अनुसार इरपिनमा शनिवार रातभर पनि रुसले आक्रमण गरेको छ ।
रुसी सेना राजधानी किएभतर्फ अघि बढ्ने प्रयास गरिरहेका छन् । उनीहरूसँग युक्रेनी सेना र स्वयंसेवक लडाकुहरूले प्रतिरोध जारी राखेका छन् ।
यसैबिच युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गर्दै युक्रेनलाई फाइटर जेट दिन र रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।
अमेरिकी काँग्रेसका करिब ३०० सदस्यहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै जेलेन्स्कीले उक्त माग राखेको बिबिसीले जनाएको छ । सम्बोधनको क्रममा उनले युक्रेनको आकाशलाई हवाई निषेधित क्षेत्र घोषणा गर्नुपर्ने माग फेरि पनि राखेका थिए ।
जेलेन्स्कीले युक्रेनलाई अतिरिक्त सैन्य सहयोग र मानवीय सहायता आवश्यक रहेकोतर्फ अमेरिकी संसद्को ध्यानाकर्षण गराएका थिए ।
तर अमेरिकी संसदले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउने र युक्रेनमा हवाई प्रतिबन्ध लगाउनुपर्ने माग अस्वीकार गरेको बिबिसीले जनाएको छ । रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अत्यधिक बढ्ने र युक्रेनको आकाशमा हवाई प्रतिबन्ध लगाउँदा युद्ध विस्तार हुने अमेरिकाको भनाइ छ ।
अमेरिकी सिनेटका नेता चक शुमरले युक्रेनका अन्य मागहरू पूरा गर्न अमेरिकी राष्ट्रपति जो बाइडन नेतृत्वको प्रशासनलाई सघाउने बचन दिएको बिबिसीले जनाएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २२, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३
-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


