

-
रुसी बख्तरबन्द गाडीहरूको ठूलो लस्कर युक्रेनको राजधानी किएभतर्फ गइरहेको तस्बिर सार्वजनिक भएको छ । मेक्सर टेक्नोलोजीले सार्वजनिक गरेको स्याटेलाइट तस्बिरअनुसार रुसी सैनिकहरूको गाडीको लाइन झन्डै ६० किलोमिटर लामो रहेको बीबीसीले जनाएको छ ।
रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएकोे शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तरबन्द गाडीहरूको लस्कर सार्वजनिक भएको हो । हिजो सोमवार दिउँसो लिइएको तस्बिरमा सयौँ बख्तरबन्ध गाडी, ट्याङ्क र तोपहरू छन् । युक्रेनको राजधानी किएभमा रुसी आक्रमण केही कम भएको बेला फेरि अत्याधुनिक हतियारसहित ठूलो सङ्ख्यामा सेनाहरू गइरहेका हुन् ।
सार्वजनिक भएको स्याटेलाइट तस्बिरमा दक्षिणी बेलारुसमा पनि रुसी सैनिक र हेलिकप्टर तैनाथ भएको देखिन्छ । राजधानी किएभमा अहिले हवाई आक्रमणको सङ्केतस्वरूप साइरनहरू बजिरहेका बीबीसीले जनाएको छ । रुसले युक्रेनमा हवाई र जमिन दुवैतर्फबाट आक्रमण जारी राखेको छ ।
यसैबीच युक्रेनमा आरोपित युद्ध अपराधबारे अनुसन्धान हुने भएको छ । द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अभियोजनकर्ताले युक्रेनमा आरोपित युद्ध अपराधबारे छिट्टै अनुसन्धान थाल्ने योजना रहेको बताएका बीबीसीले जनाएको छ । युद्ध अपराध र मानवताविरुद्धको अपराध भएको कुरा विश्वास गर्ने पर्याप्त आधारहरू रहेका अभियोजनकर्ता करिम खानले बताए। रुसले युक्रेनको दोस्रो ठूलो शहरमा जानाजान सर्वसाधारणलाई निसाना बनाएर हवाई आक्रमण गरिरहेकाले यो युद्ध अपराध रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।
News Desk 0 response मङ्लबार, फाल्गुन १७, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


