

मापदण्ड विपरीतको नापी कार्यालय भवन
नापी कार्यालयले पटकपटक ठेकेदार कम्पनीलाई पत्र लेखेर इञ्जिनियरले दिएको सुझावअनुसार कार्य गर्न अनुरोध गरे पनि हर हिसाब फर्स्यौट नगरेको बहानाबाजी गरेर कम्पनीले भवन जिम्मा नदिँदा समस्या भएको प्रमुख भण्डारीले बताए।
-
भद्रपुर ।
झापाको नापी कार्यालयको नयाँ भवनको निर्माण सम्पन्न भएको वर्षदिन बित्दासमेत कार्यालय सर्न सकेको छैन।
विसं २०७४ को पुसमै निर्माण सम्पन्न भए पनि मापदण्ड विपरीत भवन निर्माण भएका कारण नापी कार्यालय सर्न नसकेको हो।
विसं २०७२ भदौ २० गते शाह इञ्जिनियरिङ कन्सट्रक्सन ललितपुरले २०७३ साल पुस १९ गते निर्माण सम्पन्न हुने गरी कार्यालयको भवन ठेक्कामा लिएको थियो।
सोही अवधिमा निर्माण कार्य सम्पन्न नगरेको कम्पनीले दोस्रोपटक विसं २०७४ पुस मसान्तमा सक्ने गरी म्याद थप गरेको थियो।
रु २ करोड ३२ लाख ८९ हजार ८ सय ३१ मा सम्झौता भएको नापी कार्यालयको भवनको ठेकेदार कम्पनीले १ करोड ७५ लाख १७ हजार ७ सय ७५ भुक्तानी लिइसकेको नापी कार्यालयका प्रमुख डिल्लीराज भण्डारीले बताए।
कार्यालयले पटकपटक सडक डिभिजन कार्यालय इलामलाई पत्र लेखी नवौं पटकको बिल चेकजाँचका लागि अनुरोध गरेको तथ्यांकमा देखिएको छ।
सोही बिल फर्स्यौट गर्नुअघि डिभिजन कार्यालयका इञ्जिनियर देवेस चौधरी र सुदीप पौडेलले प्रतिवेदन नै तयार पारि मापदण्डअनुसारको जस्ताको मोटाइ,अल्मोनियमको झ्याल ढोका, परापेट रेडिङ, विद्युत्को स्वीच नभएकाले सच्याउन अनुरोध गर्दै बिल सदर नहुने व्यवहोराका पत्र नापी कार्यालयलाई लेखेको थियो।
नापी कार्यालयले पटकपटक ठेकेदार कम्पनीलाई पत्र लेखेर इञ्जिनियरले दिएको सुझावअनुसार कार्य गर्न अनुरोध गरे पनि हर हिसाब फर्स्यौट नगरेको बहानाबाजी गरेर कम्पनीले भवन जिम्मा नदिँदा समस्या भएको प्रमुख भण्डारीले बताए।
उनले पछिल्लोपटक पत्रमा डिभिजन कार्यालय इलामले भद्रपुरमा रहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनासँग समन्वय गरी निर्माणधीन भवनको कार्य अघि बढाउन पत्राचार गरेको बताए।
ुसघन सहरी विकास तथा भवन निर्माण आयोजनाले समेत असहयोग गरेको कारण जीर्ण भवनमा बसेर काम गरिरहनुपरेको छ, उनले भने, पटकपटक पत्र पठाएर बिल चेकजाँच गरेर फिर्ता गर्न तागेता गरे पनि बेवास्ता गरेको कारण ठेकेदारलाई भुक्तानी दिन सकेनौं।
यता ठेकेदार कम्पनीका प्रमुख सञ्जीव शाहले भवन सम्झौताअनुसार नै बनिसकेको दाबी गर्दै भने, बिल पेस गरेको एक वर्ष भयो भुक्तानी भएको छैन, हामीले पाउन रु ६० लाख छ भुक्तानी हुने बित्तिकै नापीलाई भवन जिम्मा लगाउँछौं।
कम्पनी प्रमुख साहले सहरी विकास तथा भवन निर्माणको कार्यालयकै आँगनमा रहेको उक्त भवनको कुनै पनि काम तोकिएभन्दा बाहिर नगरेको बताए।
सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख विदुर खड्काले अहिलेसम्म नापी कार्यालय र ठेकेदार दुवै पक्षले आफूलाई लिखित मौखिक कुनै जानकारी नगरेको बताए।
उनले भने, आगनमै कार्यालय छ हामीलाई मापदण्डअनुसार छ छैन हेरिदिनु पर्यो भनेर कोही आउनु भएको छैन आउनु भए तत्काल निरीक्षण गर्न तयार छौं।
उनले नापी कार्यालय आफैंले अग्रसर भएर सो काम गर्नुपर्ने बताउँदै भने, हामीबाट गर्ने काममा ढिलाइ हुने छैन।
ठेकेदार कम्पनीका प्रमुख सञ्जीव साहलाई फोनमार्फत र पत्रमार्फत नै कार्यालय खोलेर देखाउन अनुरोध गरिसकेको नापीका प्रमुख भण्डारीको दाबी छ। उनले ठेकेदार कम्पनीलाई भुक्तानी गर्न यस आर्थिक वर्षमा बजेटसमेत नभएको बताए।
News Desk 0 response आइतवार, चैत्र ३, २०७५
रासस

सम्बन्धित शीर्षकहरु
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहिबार, बैशाख ३, २०८३
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा समितिमा कांग्रेसलाई समर्थन गर्ने
बिहिबार, बैशाख ३, २०८३-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
अमेरिकी पहलमा इजरायल र लेबनानबीच १० दिने..
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
विश्वकपमा इरानको सहभागिता सुनिश्चित : फिफा अध्यक्ष
बिहिबार, बैशाख ३, २०८३
-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…
बुधबार, बैशाख २, २०८३ -
यूएईले १२८ जना नेपालीलाई आममाफी दियो
बुधबार, बैशाख २, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
अमेरिका र इरानबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत
बुधबार, चैत्र २५, २०८२ -
इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सहमति
बुधबार, चैत्र २५, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
आईसीसी विश्वकप लिग–२ वैशाख १२ देखि काठमाडौंमा..
बुधबार, चैत्र २५, २०८२



