

सबैभन्दा बढि कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरेको मन्त्री पुनको दावी
सिँचाईतर्फ २ हजार ३ सय कर्मचारी मध्ये एक हजार ६ सय भन्दाबढि कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको एक वर्षे प्रगति विवरणमा उल्लेख गरिएको छ।
-
काठमाडौं ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आफ्नो मन्त्रालयले सबैभन्दा बढि कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरेको दावी गरेका छन् । सिँचाईतर्फ २ हजार ३ सय कर्मचारी मध्ये एक हजार ६ सय भन्दाबढि कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको एक वर्षे प्रगति विवरणमा उल्लेख गरिएको छ। मन्त्री पुनले सिंचाईतर्फ २८ प्रतिशत मात्रै कर्मचारी संघ मातहत राखेर अन्यलाई संघीयताको भावना अनुसार प्रदेश र स्थानीय तहमा परिचालन गरिएको स्पष्ट पारे। मन्त्री पुनले आफूले एक वर्षे कार्यकालमा राष्ट्रिय जलस्रोत नीति तर्जुमा गरेको तथा जलस्रोत ऐन प्रदेश र स्थानीय तहको अधिकारको बाँडफाँडसहित तयार पारिएको पनि स्मरण गराए। उनले ३ वर्ष भित्र सम्पन्न हुने गरी नदी बेसिन योजना तथा जलविद्युत विकास गुरुयोजना तर्जुमा गर्ने कामलाई पनि अघि बढाइएको जानकारी दिए। मन्त्री पुनले ९ सय ८२ मेघावाट जलविद्युत आयोजना आगामी आर्थिक वर्ष भित्र सम्पन्न हुने लक्ष्यका साथ काम भइरहेको पनि बताए।
News Desk 0 response आइतवार, चैत्र ३, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



