• काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) परियोजना संसदमा टेबल भएपछि पटक–पटक सारिएको बैठक आज बस्न लागेको हो ।

    फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरिएको भएतापनि संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न सकेन । सूचना टाँस गरेर आजसम्म सारिएको हो । आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

    आजको बैठकको मुख्य एजेण्डा एमसीसी नै हुनेछ । अझैपनि दलहरू एमसीसीबारे एकमत हुन सकेका छैनन् ।