

चिया तथा कफी बिकासका लागि आएको रकममा बिदेश भ्रमण
भ्रमण दलमा अधिकांश दलका नेता तथा कार्यकर्ता रहेका छन् । गुल्मी जिल्लावाट मात्र दश जना
-
काठमाडौं ।
नेपाली चिया तथा कफीको विकास एवम् बिस्तारका लागि आएको रकममा दलका नेताहरु चीन भ्रमणमा जान लागेका छन् । चिया तथा कफी विकास बोर्डमा आएको कफी तथा चिया किसानलाई सहयोग गर्ने रकममा वोर्डका पदाधिकारी,राजनीतिक नेता कार्यकर्ता र मन्त्रालयका कर्मचारी चीन शयरमा जाँदैछन् । मन्त्रालयका कर्मचारीमात्र १० जना रहेका छन् । १० जना भन्दा बढी गुल्मी जिल्लाका मात्र नेता तथा कार्यकर्ता रहेको भ्रमण टोलीमा तयारी चिया बजारमा लाने ब्यवसायी चिरन्जीवी दाहालसहित कृषि मन्त्रालयका सहसचिव छन् । भ्रमणमा चीनको सिचुवान प्रान्तको इटिन नगरपालिकामा चियाको अध्ययनका लागि जान लागेको बताइएको छ । भ्रमणमा गुल्मी नेकपाका प्रस्तावित सचिव बुद्धि जीसी र अर्का नेता मधुकृष्ण पन्थी पनि छन् । त्यस्तै रामप्रसाद पाण्डे,बिपुल पोखरेलका पनि भ्रमणमा सहभागी छन् । कफी तथा चिया पिउने बाहेक उनीहरुको कुनै योगदान छैन तर, उनै भ्रमणमा परेको स्रोतले जानकारी दियो । वोर्डका एक पदाधिकारीले राजनीतिक दलका नेतालाईनै घुमाउन यो रकम आएको बताए ।
सरकारले सुशासन कायम गर्नका लागि अनावश्यक विदेश भ्रमण नियन्त्रण गर्ने नीति ल्यायो । तर त्यो सरकारी नीतिलाई मन्त्रीहरुले नै उल्लंघन गर्दै आएका छन् । त्यसको ज्वलन्त उदाहरण कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनाल र राज्यमन्त्री रामकुमारी चौधरीले देखाएका छन् ।
राज्यमन्त्री चौधरीले श्रीमान सन्तोष थारु, सहसचिव योगेन्द्रकुमार कार्कीसहितको टोली लिएर इटलीको रोम पुगेर फर्किएको हो । उनी फर्किएको १५ दिन नबित्दै कृषि मन्त्री चक्रपाणि खनालसहितको २० सदस्यीय मन्त्रालयको जम्बो टोली चिया तथा कफी विकास बोर्डको खर्चमा चीन जाने तयारीमा लागेको हो । त्यसमा १० जना चिया तथा कफी विकास बोर्ड र राजनीतिक नेता कार्यकर्ता छन् भने मन्त्रालयका १० जना छन् ।सरकारले अनावश्यक विदेश भ्रमण नगर्ने नीति ल्याउँछ, तर मन्त्रीले नै त्यसको कार्यान्वयन गर्दैनन् भन्ने यो ज्वलन्त उदाहरण हो । कृषि मन्त्री खनाल र राज्यमन्त्री चौधरीले पदबहाली गरेपछि नै विदेश भ्रमणलाई बढी प्राथमिकता दिएको देखिन्छ
News Desk 0 response शुक्रबार, चैत्र १, २०७५
।

सम्बन्धित शीर्षकहरु
-
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३ -
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३
-
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३ -
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



