

-
युक्रेनले देशभर सङ्कटकाल घोषणा गर्ने तयारी गरेको छ । केहीबेरअघि सम्पन्न सुरक्षा परिषद् बैठकले आउँदो ३० दिनका लागि सङ्कटकाल घोषणा गर्ने निर्णय गरेको युक्रेनका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सुरक्षा परिषद्को निर्णय युक्रेनको संसद्ले अनुमोदन गरेपछि लागू हुन्छ । रुसले युक्रेनका विवादित क्षेत्रमा सेना पठाइसकेको र सम्भावित आक्रमणको खतरालाई ध्यान दिएर युक्रेनले सङ्कटकाल लगाउन लागेको हो ।
यस्तै सुरक्षा परिषद् बैठकले १८ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई सैनिकको रूपमा खटिन तयारी रहन आह्वान गरेको छ ।
यस्तै युक्रेनले रुसमा रहेका आफ्ना ३० लाख नागरिकलाई तत्काल रुस छाड्न अनुरोध गरेको बीबीसीले जनाएको छ । रुसले हिजो मङ्गलवार युक्रेनबाट छुट्टिएका दुई विवादित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएर विद्रोहीहरूलाई सहयोग गर्न आफ्ना सैनिक पठाएपछि रुस–युक्रेन युद्धको सम्मुखमा पुगेका छन् । अमेरिका, बेलायतसहित पश्चिमा देशहरूले रुसी बैंक र संसदमाथि प्रतिबन्ध लगाएका छन् ।
यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेन सङ्कटको कुटनीतिक समाधानका लागि आफू अझै पनि तयार रहेको बताएका छन् । तर वार्ताका लागि तयार भए पनि रुसको हित र रुसी नागरिकको सुरक्षामा सम्झौता गर्न भने नसक्ने उनको भनाइ छ ।
News Desk 0 response बुधबार, फाल्गुन ११, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


