

त्रिविमा ३३ प्रतिशत क्याम्पसको प्रमुख महिला बनाउनुपर्ने माग
पद्मकन्या बहुमुखी क्याम्पसका कर्मचारीले उक्त क्याम्पसमा महिला नै क्याम्पस प्रमुख हुनुपर्ने माग राख्दा सुनुवाइ नभएको भन्दै असन्तुष्टि जनाए। ४२ वर्षदेखि अध्यापन गर्दै आएकी प्राडा मनसा थापा ठकुराठीले क्याम्पसमा महिला नै प्रमुख हुनुपर्ने बताइन। उनले महिलाको विषयलाई लिएर पटकपटक आन्दोलन गरे पनि व्यवहारमा लागु गर्ने बेला माथिल्लो तहमा रहेका व्यक्तिले नसुन्ने गरेको उनको गुनासो थियो।
-
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले प्राज्ञिक क्षेत्रमा समावेशी व्यवस्था नअपनाएको भन्दै यसको ब्यवस्था गर्न माग गरिएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १, २०७५
त्रिविका महिला प्राध्यापकर कर्मचारी र विद्यार्थीले असन्तुष्टि जनाउँदै पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारका कर्मचारी र विद्यार्थीले त्रिविमा ३३ प्रतिशत क्याम्पसको प्रमुख महिलालाई बनाउनुपर्ने माग गरेका छन् । पद्मकन्या बहुमुखी क्याम्पसका कर्मचारीले उक्त क्याम्पसमा महिला नै क्याम्पस प्रमुख हुनुपर्ने माग राख्दा सुनुवाइ नभएको भन्दै असन्तुष्टि जनाए। ४२ वर्षदेखि अध्यापन गर्दै आएकी प्राडा मनसा थापा ठकुराठीले क्याम्पसमा महिला नै प्रमुख हुनुपर्ने बताइन। उनले महिलाको विषयलाई लिएर पटकपटक आन्दोलन गरे पनि व्यवहारमा लागु गर्ने बेला माथिल्लो तहमा रहेका व्यक्तिले नसुन्ने गरेको उनको गुनासो थियो। डा। कल्पना श्रेष्ठले ‘३३ प्रतिशत महिला अधिकार भनाइमा मात्र सिमित भएको र त्रिविमा यो अधिकार लागु नभएकोु, बताइन। हालै सम्पन्न नारी दिवसमा पनि ३३ प्रतिशत महिला अधिकारको कुरा उठेको तर त्यसको प्राज्ञिक क्षेत्रमा सुनिश्चितता नभएको उनले बताइन। उनले उपकुलपति प्राडा तीर्थ खनियाँसँग महिला क्याम्पस प्रमुख बनाउन र संविधानमा गरिएको व्यवस्था लागु गराउन माग गर्दा ुअरु क्षेत्रमा लागु भए पनि प्राज्ञिक क्षेत्रमा लागु गर्न नसकिनेु जवाफ दिएको उल्लेख गरिन। विगत तीन महिनादेखि पद्मकन्या क्याम्पसमा महिला प्रमुख हुनुपर्ने माग राख्दा कुनै सुनुवाइ नभएको उनको भनाइ थियो। क्याम्पसकी प्राध्यापक विमला नेपालले ‘महिला जनशक्ति उत्पादन गर्ने प्रमुख क्याम्पस पद्मकन्यामा प्रमुख महिला हुनुपर्नेु बताइन। उनले त्रिविको रेक्टर र रजिष्टारको कार्यालयमा तालबन्दी पनि गरिएको जानकारी दिइन। कर्मचारी तुलसा पन्तले आन्दोलनमा अघि बढे पनि अधिकार नपाएको बताइन। उनले क्याम्पसमा महिला नै प्रमुख बनाउन अनशन बस्ने तयारी भएको बताइन। ुप्राज्ञिक क्षेत्रमा नेपालको संविधान नै लागु नहुने हो तरु के त्रिवि नेपालको संविधान भन्दा माथि होरुु उनको प्रश्न थियो। प्राडा ठकुराठीले महिलालाई क्याम्पस प्रमुख बनाउँदा क्याम्पसमा कुनै पनि असर नपर्ने र माथिल्लो निकायले सकारात्मक रूपमा सोच्नुपर्ने धारणा राखिन। पद्मकन्या क्याम्पसमा अध्ययनरत छात्रा रेखा परियारले महिला अधिकार र प्राज्ञिक क्षेत्रमा आएको समस्या एक क्याम्पसको मात्र नभएर देशकै भएको बताइन।

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



