

-
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदले लामो समयदेखि उखुको मूल्य भुक्तानी गर्न उद्योगले आनाकानी गरेका कारण किसान मर्कामा परेको जानकारी दिएका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४
गत वर्ष नै बिक्री गरिएको उखुको मूल्य नपाएको र यस वर्षसमेत मूल्य नपाउने अवस्था रहेको जनाउँदै सांसदले समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । चिनी उद्योगले गत वर्षमात्रै रु नौ अर्ब उखुको मूल्य किसानलाई भुक्तानी गरेका छैनन् । मूल्य नपाएको भन्दै तराई मधेशका किसान चिनी उद्योगमा धर्नामा बसेका छन् ।
नेकपा एमालेका बलराम बाँस्कोटाले कृषिप्रधान मुलुक भनेर मात्र हुँदैन भन्दै किसानलाई चिनी उद्योगले भुक्तानी नगर्नाको कारण पत्ता लगाएर सरकारले किसानलाई राहत दिनुपर्ने माग गरे ।
नेपाली काँग्रेसका राधेश्याम अधिकारीले दैनिक उपभोग्य वस्तुको आयात चरम रुपमा बढेको, कृषियोग्य जमीन बाँझिदै गएको तथा अर्बौंको खाद्य सामग्री छिमेकी तथा अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था आई नेपाल क्रमशः परनिर्भर बन्दै गएकाले कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगहरुलाई तत्काल किसानलाई भुक्तानी गर्न आग्रह गरिसकेको पनि सरकारको आग्रहलाई उद्योगले हालसम्म अटेर गर्दै आएका छन् ।

सम्बन्धित शीर्षकहरु
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३



