

-
संयुक्त राष्ट्रसंघ : यमनको सादा नामक सहरमा रहेको एक थुना केन्द्रमा भएको हवाई हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । सो हमलामा परी कम्तीमा पनि १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । शुक्रबार साउदी अबेरियाको नेतृत्वको सैन्य समूहले त्यहाँ हवाई आक्रमण गरेको थियो ।
उक्त आक्रमणमा परेर अरु कम्तीमा पनि एक सय जना घाइते पनि भएका छन् । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार जारी छ । शुक्रबार रातिको समयमा जेल लगायतका स्थानमा साउदी सेनाले हवाइ आक्रमण गरेको थियो । कम्तीमा १०० जनाको मृत्यु भएको र अरु सयजना भन्दा बढी घाइते भएका अनुमान गरिएको उद्धारकर्ताहरूले शुक्रबार बताएका हुन् ।
सो घटनाको राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले निन्दा गरेका हुन् । उनले हवाई हमलाबाट थुनामा रहेका व्यक्तिको ज्यान जानु ठूलो अपराध भएको बताएका हुन् । यस्ता नागरिक हत्याका कार्य तत्कालै बन्द गर्न उनले विज्ञप्तिमार्फत् आग्रह पनि गरेका छन् । यस्ता कार्य निन्दनीय रहेको भन्दै नागरिकको सुरक्षाको उहाँले माग पनि गरेका छन् ।
यमनस्थित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रवक्ता बाशीर उमरले हुथी विद्रोहीको प्रभाव क्षेत्रमा रहेको सादा सहरमा भएको आक्रमणमा धेरै व्यक्ति सख्त घाइते भएका बताएका छन् । इराननिकट मानिने यमनी समर्थित हुथी विद्रोहीहरूले जारी गरेको तस्बीरमा उद्धारकर्मीहरूले ध्वस्त भएका जेल भवनहरूबाट क्षतविक्षत मृत शरीरहरू तानेर थुपार्दै गरेका दृश्यहरू देखिएका छन् ।
हुथीहरूले संयुक्त अरब इमिरेट्समा हवाईजहाज र क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको पाँच दिनपछि यी हमलाहरू भएका छन् । पछिल्ला केही महिनाहरुमा हुथी व्रिद्रोहीहरुलाई लक्ष्य गरेर साउदी अरेबियाको नृतृत्वमा रहेको सैन्य समूहले यमनी आकासबाट हमला गर्ने गरेको छ । यसबाट हुथी विद्रोहीका साथै सर्वसाधारणहरुको पनि ज्यान जाने गरेको छ ।
News Desk 0 response आइतवार, माघ ९, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


