

-
संखुवासभा- सङ्खुवासभाको चिचिला गाउँपालिका-२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको छ। मंगलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।
गाउँपालिकाको हिउँदे सभामा सहभागी भएर घर फर्किने क्रममा वडा नम्बर २ को ६ टर्निङ भन्ने ठाउँमा पुगेपछि आफूमाथि ढुङ्गा प्रहार भएको वडाध्यक्ष राईले बताए। अज्ञात व्यक्तिको ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन्।
ढुंगा प्रहारबाट ढाड, हातमा चोट लागेको वडाध्यक्ष राईले बताए। ढुंगा प्रहारबाट वडाध्यक्ष राई प्रयोग गर्ने बा१व १४५३ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको राईले बताए।
वडाध्यक्ष राई गाउँपालिकाबाट मोटरसाइकलमा घर फर्किने क्रममा अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको थियो। वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
चिचिला गाउँपालिकाले वडा नम्बर २ का अध्यक्षलाई ढुङ्गा प्रहार गरिएको घटनाको भर्त्सना गरेको छ। मंगलबार साँझ भएको घटनाको विरोध गर्दै विज्ञप्तिमार्फत घोर भत्र्सना गरेको हो। गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्न जो कोही भए पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइने बताइएको छ।
लोकतान्त्रिक शासन पद्धतिमा नागरिकको माग लोकतान्त्रिक ढङ्गले सम्बोधन गर्ने व्यवस्था हुँदा हुँदै पनि जिम्मेवार व्यक्तिमाथि साङ्घातिक आक्रमण हुनु निन्दनीय भएको विज्ञप्तिमा भनिएको छ।
News Desk 0 response बिहिबार, माघ ६, २०७८

सम्बन्धित शीर्षकहरु
-
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३
-
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३



