

-
यमनी सैनिकसँगको भिडन्तका क्रममा यहाँका कम्तीमा पनि ३७ जना हुथी विद्रोही मारिएका छन् । यहाँका विद्रोहीहरुका विरुद्धमा यमनको सेनाले मारिब शहरमा गरेको कारबाहीका क्रममा ती विद्रोही मारिएका हुन् ।
यहाँको सेनाले प्राय हवाई हमला गर्ने गरेको थियो । शनिबार भने मारिब शहरको बालक आल शाखरी भन्ने स्थानमा स्थलगत कारबाही नै गरेको थियो । त्यस कारबाहीमा परेर ती विद्रोहीहरु मारिएका हुन् ।
उक्त शहरमा गस्तीमा रहेका यमनी सैनिकमाथि ती विद्रोहीहरुले आक्रमण गरेका थिए ।
त्यसपछि दुवैतर्फ भिडन्त भएको बताइएको छ । भिडन्तका क्रममा ३७ जना हुथीहरु मारिएका र अरु केही घाइते भएका बताइएको छ । उता साउदी अरेबिया नेतृत्वको सेनाले सोही शहरमा हवाई कारबाही पनि गरेको छ ।
सो कारबाहीमा परी दर्जनौँ हुथी विद्रोही मारिएको बताइएको छ । साथै सो सेनाले ठूलो मात्रामा हुथीहरुका आश्रयस्थल पनि ध्वस्त पारिदिएको पनि बताएको छ ।
News Desk 0 response आइतवार, पुस १८, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


