• काठमाडौं :  उत्तरी म्यानमारको एक खानीमा पहिरो जाँदा कम्तीमा ७० मजदुर बेपत्ता भएका छन् । बुधबार बिहान काचिन राज्यको पाकन्त क्षेत्रस्थित जेड खानीमा पहिरो जाँदा कम्तीमा ७० बेपत्ता भएका हुन् ।

    सो खानीमा बुधबार बिहान ४ बजे पहिरो गएको हो। पहिरोपछि हराएकाहरुको खोजी र उद्धार कार्य जारी राखिएको अधिकारीहरुले बताएका छन् । सो खानी अवैध रुपमा सञ्चालन भएको हुन सक्ने अनुमान गरिएको छ ।

    म्यानमार जेड खानीको लागि संसारकै मुख्य स्रोत मानिन्छ। तर, पछिल्लो समय म्यानमारका जेड खानीमा सबैभन्दा बढि दुर्घटजा हुने गरेको पाइएको छ।

    यसअघि सन् २०२० जुलाईमा पाकन्त जेड खानी क्षेत्रमा भीषण पहिरो जाँदा करिब २ सय मजदुरको मृत्यु भएको थियो ।

    सो घटना पछि पाकन्त क्षेत्रमा सञ्चालित खानीहरु सरकारले बन्द गराएको थियो । तर स्थानीयले अवैधरुपमा खानी सञ्चालन गर्दै आएको बताइएको छ।