

-
न्युयोर्क : अमेरिकामा ओमिक्रोनका सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन यसका सङ्क्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको कोरोनाको सङ्क्रमणमा सबैभन्दा धेरै सङ्क्रमण ओमिक्रोनका कारणले हुन लागेको देखिएको बताएका छन् ।
अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा पनि ओमिक्रोनको सङ्क्रमण सर्न सक्ने बताएको छ ।यसअघि पनि अमेरिकाको सेन्टर्स् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन् ।अमेरिकाका अधिकारीहरुले विश्वका अरु देशका तुलनामा ओमिक्रोन भाइरस अमेरिकाका निकै नै दू्रत गतिमा फैलिएको जनाएका छन् । उनीहरुले गएको डिसेम्बर १ मा मात्र अमेरिकामा पहिलो सङ्क्रमित देखिएकामा अहिले आएर यहाँका करिब ४८ राज्यमा नै यो सङ्क्रमण फैलिएको जनाएका छन् ।
उता कोभिडको ओमिक्रोन भेरिअन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षाका लागि भन्दै आफ्ना छुट्टीका कार्यक्रमहरु तथा योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य संगठनले आग्रह गरेको पनि गरेको छ ।विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कठिन परिस्थिति भएकाले यस्तो कठिन निर्णय गर्न पनि पछि हट्न नहुने सुझाव पनि सबैलाई दिएका छन् । उनले ओमिक्रोन डेल्टा भेरिअन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य पत्ता लागेको भन्दै यो क्रिसमसका बेला हुने ओहारदोहोरले अझ धेरै असर गर्नेतर्फ सबैजना सचेत हुनुपर्ने बताए ।
क्रिसमसका बेला हुने यात्राले कोभिडको नयाँ भेरियन्ट फैलाउने अमेरिकी विज्ञको पनि भनाई यसअघि नै आएको थियो । फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागु गर्नुका साथै नयाँ भेरिअन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध पनि लगाइरहेका छन् ।
News Desk 0 response मङ्लबार, पुस ६, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


