

-
नयाँदिल्ली : भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना सङ्क्रमण देखापरेको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमबार जनाएको छ । यो संख्या ५६१ दिनयताको नै सब भन्दा कम भएको पनि समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमतिको १ प्रतिशत भन्दा कम भएको जनाइएको छ ।
सक्रिय सङ्क्रमितको यो संख्या ०।२६ प्रतिशत रहेको समाचारमा जनाइएको छ । यो संख्या सन् २०२० मार्चपछिको सब भन्दा कम हो । भारतमा कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ६३६ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।
गएको २४ घण्टामा भारतमा सात हजार ९७३ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ३० हजार ७६८ लाई कोरोनाको सङ्क्रमण निको भएको छ ।
भारतमा कोरोना भाइरस निको हुने दर ९८।३७ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ ।
भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ६६ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३३ करोड १७ लाख डोज खोप लगाइएको जनाइएको छ ।
News Desk 0 response सोमवार, मंसिर २७, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


