

-
धम्बोझी ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मवि)ले १० आङ्गिक क्याम्पसलाई समयमै समायोजन नगर्दा कर्मचारीले तलब पाउन सकेका छैनन् ।
आङ्गिक क्याम्पसका रुपमा मान्यता पाएको डेढवर्ष बित्दा पनि साविक मध्यपश्चिम विकास क्षेत्रका कर्णाली र प्रदेश नं–५ का १० वटा आङ्गिक क्याम्पसमा कर्मचारी समायोजन भएका छैनन् । कर्मचारी समायोजन नहुँदा आङ्गिक क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीले हालसम्म सेवा सुविधा पाउन नसकेका हुन् । लामो समयसम्म पनि अन्योलमै काम गर्नुपरेको र तलब पनि नपाएको आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीको गुनासो छ ।
दशवटा क्याम्पसमा कार्यरत २०३ जना प्राध्यापक र कर्मचारीले अहिलेसम्म पनि तलब पाएका छैनन् । विश्वविद्यालयले साविकको मध्यपश्चिमका १० क्याम्पसलाई भदौ ११ देखि लागू हुने गरी आफ्नो आङ्गिक क्याम्पसका रुपमा अङ्गीकार गरेको पत्र दिएको थियो ।
पत्रसँगै ती क्याम्पसले त्रिभुवन विश्वविद्यायसँगको सम्बन्धन तोडेका थिए । मविले भने क्याम्पस प्रमुखलाई काम गर्न जिम्मेवारी दिनेबाहेक अरू प्रक्रिया पूरा गर्न नसकेको आङ्गिक क्याम्पसका प्राध्यापकहरु बताउँछन् ।
आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका संयोजक शेरबहादुर रायमाझीले मविले समायोजनको प्रक्रिया अगाडि नबढाउँदा यो समस्या आएको बताए । ‘‘हामीले आङ्गिक क्याम्पसलाई समायोजनका लागि सबै प्रक्रिया पूरा गर्दासमेत समायोजन हुनसकेको छैन’’ उनले भने,‘हामीले कागजी प्रक्रिया पुर्याउँदा पनि कहिलेसम्म तलब पाउने ?’ उल्टै समायोजनको प्रक्रिया र कार्य्विधि सम्बन्धमा सङ्घर्ष समितिले मविका पदाधिकारीसँग बुझ्न जाँदा कुरा नै गर्न नचाहाने, अपमानजनक व्यवहार गर्ने अस्पष्ट, धम्कीपूर्ण र गोलमेटोल जवाफ दिने प्रवित्ति देखाउने गरेको सङ्घर्ष समितिका अध्यक्ष रायमाझीले गुनासो गरे ।
बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका प्राध्यापक तोयानाथ पहाडीले भने,‘समस्या समाधानको अरु उपाय केही नलागेपछि अन्त्यमा आन्दोलनमा उत्रिएका हौँ ।’ मविले आङ्गिक क्याम्पसका लागि २०३ शिक्षक र कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।
अहिलेसम्म कसैलाई नियुक्ति नपाउँदा उनीहरूले भदौदेखि तलबसमेत पाएका छैनन् । हजारौं विद्यार्थी, सयौं प्राध्यापक तथा कर्मचारी एवं क्याम्पसको समेत भविष्य अनिश्चित भएको तथा विश्वविद्यालय अनुदान आयोगबाट अनुदान प्राप्त गर्ने अवसरबाट १० वटा क्याम्पस वञ्चित भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका सचिवसमेत रहका पहाडीले बताए ।
त्यस्तै सङ्घर्ष समितिले १० वटा क्याम्पसका प्राध्यापक र कर्मचारीले मन्त्रिपरिषद्ले गरेको निर्णय, विश्वविद्यालय अनुदान आयोगको निर्देशन र मविको ऐनअनुसार तत्काल नियुक्ति दिनुपर्ने, क्याम्पसको सम्पत्ति हस्तान्तरण गरी समायोजन प्रक्रिया टुङ्ग्याउनु पर्ने र प्राज्ञिक वातावरणलाई सम्मानपूर्ण बनाउनुपर्ने माग राखेका छन् ।
बाँकेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस, सुर्खेतको भेरी शिक्षा क्याम्पस, जाजरकोटको भेरी ज्ञानोदय क्याम्पस, कालीकोटको तीला कर्णाली बहुमुखी क्याम्पस, मुगुको रारा बहुमुखी क्याम्पस, मुसिकोटको अलङ्गा बहुमुखी क्याम्पस, दैलेखको नारायण क्याम्पस, बर्दियाको बबई बहुमुखी क्याम्पस, सुर्खेतको जनता बहुमुखी क्याम्पस, रोल्पाको जलजला बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पसको रुपमा घोषणा गरिएको छ ।
-रासस
News Desk 0 response आइतवार, माघ १३, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



