

पदको पत्तो नपाई घर जाने प्रहरी
इन्स्पेक्टरबाट जागिर खायो, डिएसपी हुन १३, १४ वर्ष लाग्ने । डिएसपीबाट एसपी हुँदासम्म जागिरे जीवन २४ वर्ष पुगिसकेको हुने र बाँकी ६ वर्षमा एसएसपी, डिआईजी, एआइजी हुँदै आइजीसम्म हुनुपर्ने ।
-
काठमाडौ ।
रमेश चन्द ठकुरी एक महिना, उपेन्द्रकान्त अर्याल केही दिन, प्रकाश अर्याल र सर्वेन्द्र खनालले त एआइजीको मुखै हेर्न नपाई बिभाग चलाएको अनुभवै नलिई आइजिपी बन्नुपरेको थियो । यस्तो कर्मकाण्डी जागिरे जीवनले प्रहरीको व्यवसायिकतामाथि दिनप्रतिदिन प्रश्न उठाइरहेको छ । अहिले राष्ट्रिय अनुसन्धान विभागमा प्रमुखको चार वर्षे कार्यकाललाई तीन वर्ष बनाएर भएकोलाई बिदा गरिएको छ । त्यसो नगरिएको भए राअविको दुई व्याच सोत्तर हुुन्थ्यो । अर्थात्, माथिसम्म पुग्नुपर्ने कर्मचारीहरु तलबाटै ठण्डाराम हुन्थे ।
News Desk 0 response बुधबार, माघ ९, २०७५
हालैको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावलीको नियम २८ (१) (क) लाई तत्कालको लागि निलम्बन गरेपछि केही प्रहरी अधिकृतले राहत पाउने भएका छन् । यो भनेको एउटा दर्जाबाट अर्को दर्जामा पदोन्नती हुनका लागि न्यूनतम सेवाशर्त चार वर्षलाई घटाएर तीन वर्ष बनाइएको हो । यसो गर्दा एसपी भएको चार वर्ष अवधी नपुग्नाले रिक्त एसएसपी पदमा बढुवाको जाम खुलेको छ । ११२ टोलीबाट १९ र ११४ टोलीबाट ८ जना डीएसपीले एसपी बन्न पाउने भएका छन् । ११२ टोली (०५६÷०३÷०३) का केही डिएसपीहरु अहिले एसपी भएर पनि जिल्ला कमाण्ड गरिरहेका छन् । बाँकी भने डिएसपीमै थन्किएका छन् । रमेश बस्नेत, रवीन्द्र रेग्मी, भीम दाहाल, हिरा पाण्डे, कृष्ण प्रसाईं, श्यामकृष्ण अधिकारी, तुलाबहादुर कार्की, प्रज्वल महर्जन, राकेश सिंह, विनोद सिलवालसहित बाँकी रहेका डिएसपीहरु एसपी हुँदैछन् । यसबाहेक ११४ टोली (०५८÷०४÷१८) का भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, बेद विष्ट, अनुपमसमशेर जवरा, रमेश थापा, रमेश तामाङ, अजय केसी, कृष्णप्रसाद कोइराला, शिवकुमार श्रेष्ठ, श्यामसिंह चौधरी, हेमकुमार थापा, प्रजित केसी, राजेन्द्र धमलामध्येबाट एसपी बढुवा हुँदैछन् ।
प्रहरीमा लोकसेवाको असहमतिका कारण ३० वर्षे सेवाअवधीको भविष्य अझै निश्चित छैन । ३० वर्षेका कारण युवा अवस्थामै तालिमप्राप्त प्रहरी जनशक्ति घर जानुपर्ने अवस्था छ । यसरी सेना र प्रहरीमा भर्ना, शैक्षिक योग्यता र मर्यादाक्रमको भिन्नता कायमै छ । सेनामा ६१ सम्मको उमेर हद र विभिन्न दर्जाका पदावधीबाहेक जागिर खाएकै यति वर्षमा घर जानुपर्छ भन्ने प्रावधान छैन ।
परम्परा बिग्रिनाले प्रहरीलाई कति दुःख छ भने, इन्स्पेक्टरबाट जागिर खायो, डिएसपी हुन १३, १४ वर्ष लाग्ने । डिएसपीबाट एसपी हुँदासम्म जागिरे जीवन २४ वर्ष पुगिसकेको हुने र बाँकी ६ वर्षमा एसएसपी, डिआईजी, एआइजी हुँदै आइजीसम्म हुनुपर्ने जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म घरबाहिर हिँडडुल नगर्न सुझाव
बुधबार, बैशाख १६, २०८३-
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३
-
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



