

-
काठमाडौं ।
मलेसिया जाने नेपाली कामदारको सिण्डिकेट चलाएको आरोपमा समातिएका भीएलएन नेपाल हार्भेस्ट ग्रुप अफ कम्पनीका अध्यक्ष रामकुमार श्रेष्ठ जिल्ला अदालतको आदेशमा १२ लाख धरौटी बुझाएर मुक्त भएपछि न्यायाधीश फन्दामा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई जेठ ६ गते पक्राउ गरी भिएलएनको नाममा कामदारबाट दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको आरोपसहित अदालतसमक्ष पेश गरेको थियो । उनीमाथि वैदेशिक रोजगार विभागबाट तीन अर्ब बिगो दावी थियो । यिनै कसुरदारलाई यति सजिलै छुट्ने फैसला गरेलगत्तै न्यायपरिषद्का सचिव नृपध्वज निरौला आफैँ यसबारे तथ्य अध्ययन गर्न गत हप्ता लगनखेल पुगेका थिए । अध्ययन क्रममा कैफियत भेटिएपछि न्यायाधीश विश्वमंगल आत्रेय काजमा तानिएका छन् । राम श्रेष्ठमाथि स्वीकृतिबिना नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाएको दाबी गरिएको थियो । तर, विश्वममंगल श्रीमान्को बेञ्चले शंकास्पद तवरले उनलाई मुक्ति दियो । शुरुमा उनी प्रहरीबाट पक्राउ परे । र, काठमाडौं जिल्ला अदालतमा पेश गरिए । त्यहाँका न्यायाधीश धनसिंह महराको एकल इजलाशले ‘अहिले नै कसुरदार ठहर गर्न नमिल्ने’ भन्दै फेरि रिहा ग¥यो । ललितपुरमा उनीमाथि दुई करोड ७५ लाख २२ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।
News Desk 0 response बुधबार, माघ २, २०७५
त्यसरी न्यायाधीश विश्वमंगललाई न्यायपरिषद् तान्नुको अर्को पनि कारण हो, जेठ १८ देखि २७ गतेसम्मका आदेशले अवैध ठगी धन्दामा संलग्न व्यापारीलाई बिगोको अनुपातमा अति न्यून धरौटीमा छोड्नु । दुई करोड १२ लाख रकम बिगो मागदाबी भएका प्रतिवादी देवान राईको मुद्दामा ५० लाख धरौटी, अर्को त्यस्तैखाले मुद्दामा दुई अर्ब ८६ करोड बिगो मागदाबी भएको थियो । यसबीच रौतहटबाट ललितपुर झिकाइएका अम्बिका निरौला श्रीमान बाटैबाट नवलपुर पु¥याइएका छन् भने त्यहाँका पूर्ण बाँस्तोलालाई रसुवा र महेन्द्र कार्कीलाई ललितपुर सारिएको जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



