

-
काठमाडौं ।
असोज अन्तिम साता ११ एसएसपीलाई डिआइजीमा बढुवा गरिएपछि रिक्त भएको थियो । ११ एसएसपीको पद र त्यसभन्दा अघि नै रिक्त भएको ४ एसएसपीको पद गरी १५ एसएसपीको पद अहिले खाली छ।
अहिले एसएसपीका प्रतिस्पर्धीहरु २०७१ फागुन १० गते एसपी भएका थिए। फागुन १० गते मात्रै एसपी भएको ४ वर्ष पूरा हुने भएकाले प्रहरी नियमावली अनुसार उनीहरुको बढुवा गर्न फागुन १० सम्म कुर्नपर्ने थियो।
लामो समयसम्म एसएसपीको दरबन्दी खाली भएकाले प्रहरीको दैनिक पुलिसिङ, चेन अफ कमान्ड, अनुगमन तथा निर्देशनमा प्रत्यक्ष असर परेकाले प्रभावकारी काम कारबाही हुन नसकेको भन्दै प्रहरी प्रधान कार्यालय नियमावली संशोधनको माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।
गृह मन्त्रालयले आवश्यक छानबिन गरेर नियमावली संशोधन गरी मन्त्रीपरिषद्बाट स्वीकृत गराइसकेको र अबको केही दिनमै एसपीको बढुवा हुने छ ।
नियमावली संशोधनको लागि पत्राचार गर्नुभदा पहिला प्रहरी प्रधान कार्यालयले एसपीबाट एसएसपी बढुवाको विषयमा लोकसेवा आयोगसँग समेत परामर्श लिएको थियो। तर, नियमावलीमा ४ वर्ष पूरा हुुनुपर्ने उल्लेख भएकाले फागुनसम्म बढुवा गर्न नमिल्ने लोकसेवा आयोगले जवाफ फर्काएको थियो। बढुवाका लागि ३३ जनाको भिडन्त हुने भएको छ । उनीहरु अहिले नेताको ढोकादेखि मन्त्रीको सचिवालयसम्म पहुँच पु¥याउन ब्यस्त छन् ।
News Desk 0 response मङ्लबार, माघ १, २०७५
नरेन्द्रप्रसाद उप्रेती, सन्दीप भण्डारी, मीरा चौधरी थारू, दुर्गा सिंह, भरतबहादुर बोहरा, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, विष्णुकुमार केसी, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, राजेशनाथ बास्तोला एसएसपी बढुवाको दौडमा रहेका छन्।
त्यस्तै, जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्रप्रसाद मैनाली, दीपक थापा, पोषराज पोखरेल, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, कुबेर कडायत, केदार ढकाल, लालमणि आचार्य, गोविन्दकुमार शाह, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, किरण राणा, अर्जुनचन्द ठकुरीबीच प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित शीर्षकहरु
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिश, प्रतिपक्षको विरोध
मङ्लबार, बैशाख १५, २०८३-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



