

-
काठमाडौं ।
सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेको छ। स्थानीय जनप्रतिनिधिलाई तल्लो मर्यादाक्रममा राखिएको भन्दै २०७४ सालको मर्यादाक्रमका विषयमा विवाद भएको थियो।
स्थानीय तह निर्वाचनपछि पनि सरकारले मर्यादाक्रम हेरफेर गरेको थियो। नगर प्रमुखलाई सहसचिवभन्दा तल राखिएको भन्दै नगरपालिका संघ र गाउँपालिका महासंघले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।
नयाँ मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा यथावत् छन्। प्रधानन्यायाधीश र प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष चौथो नम्बरमा छन् भने पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, पाचौ नम्बरमा छन्। त्यसैगरी प्रदेश प्रमुख छैटौं नम्बर छन्।
संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, विपक्षी दलका नेता, नेपाल रत्न पाउनेहरु, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षका संसदीय दलका उपनेता लगायतका सातौं नम्बरमा छन्।
प्रदेशका मन्त्री र केन्द्रका सांसद, राज्यमन्त्री, काठमाडौं महानगरका मेयर, पूर्वसांसद, मुख्यसचिव र प्रधानसेनापति नवौं नम्बरमा छन्। अन्य महानगरका मेयर, प्रदेशका सहायकमन्त्री लगायत दशौं नम्बरमा छन्।
सचिव, प्रहरी प्रमुख, उपमहानगरका प्रमुख र काठमाडौंका उपमेयरको मर्यादाक्रम १२ औं नम्बरमा छ। नगरपालिकाका प्रमुख १४औं र गाउँपालिकाका प्रमुख १५औं नम्बरमा हुँदा सरकारका उपसचिव, प्रमुख सेनानी १७औं नम्बरमा छन्।
पदाधिकारीका पति वा पत्नीलाई आमन्त्रण गरिएको औपचारिक समारोहमा निजहरुको मर्यादाक्रम सम्बन्धित पदाधिकारीको मर्यादाक्रम अनुसार नै हुने उल्लेख छ भने एउटै नम्बरमा परेका पदाधिकारीको मर्यादाक्रम उल्लेखित क्रम अनुसार नै हुनेछ।
News Desk 0 response शुक्रबार, पुस २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



