

प्रहरीमा अर्को भद्रगोल
समस्या फुकाउनका लागि गृहले चार वर्षे प्रावधानलाई तीन वर्षमा झारेर खालि दरबन्दीमा बढुवा निकाल्ने बाटो खुलाउन खोजेको एक महिना भयो । तर, त्यसबीच बसेका ५–६ वटा मन्त्रिपरिषद् बैठकमा समयाभावका कारण प्रहरीको विषयले प्रवेश पाएको छैन
-
संघीय प्रहरी ऐन आउन अझै केही महिना लाग्ने, तर विद्यमान ऐनका आधारमा नेपाल प्रहरीले ढिम्किन नपाउने भएपछि प्रहरीले गृह हुँदै मन्त्रिपरिषद्मा प्रहरी सेवा ऐन संशोधनको प्रस्ताव पठाएको छ । यसरी नयाँ ऐन मुखैमा आउँदा पुरानै ऐनका आधारमा बनेको नियमावलीमाथि संशोधनको चटारो पर्नुको कारण हो, पद खालि भएर पनि बढुवा खोल्न नसक्नु । १८ एसएसपी खालि छ । एसपी पदमा दरबन्दीभन्दा बढी भइसके । एसएसपीमा बढुवा हुने उम्मेदवारले एसपी दर्जामा कम्तिमा चार वर्ष काम गरेको हुनुपर्ने व्यवस्था विद्यमान प्रहरी सेवा नियमावलीले गरेको छ । तर, अहिले प्रहरीभित्र चार वर्ष एसपी दर्जामा काम गरेका कोही पनि छैनन् । अबको बढुवा लटमा पर्नुपर्ने ०५१\१२\०५, ०५२ सालको ०५\१९, ०७\२७ र ०८\०४ मा इन्स्पेक्टरमा भर्ना भएको टोली हो । त्यो टोलीले एसपी भएको चार वर्ष पुग्नलाई अझै दुई महिना बाँकी छ । अर्थात्, फागुन १० मा उनीहरु एसपी भएको चार वर्ष पुग्छ र त्यसपछि मात्र बढुवा गर्न पाइन्छ । त्यही समस्या फुकाउनका लागि गृहले चार वर्षे प्रावधानलाई तीन वर्षमा झारेर खालि दरबन्दीमा बढुवा निकाल्ने बाटो खुलाउन खोजेको एक महिना भयो । तर, त्यसबीच बसेका ५–६ वटा मन्त्रिपरिषद् बैठकमा समयाभावका कारण प्रहरीको विषयले प्रवेश पाएको छैन । यदि तीन वर्षे प्रावधान राखिए श्यामलाल ज्ञवाली, पोषराज पोखरेल, मीरा चौधरी, दुर्गा सिंह, विकास खनाल, कुवेर कडायत, अशोक सिंह, दीपक थापा, बुद्धिराज गुरुङ, नरेन्द्र उप्रेती, लालमणि आचार्य, टेकबहादुर तामाङ, विष्णु केसी, टेकप्रसाद राई, राजेश बास्तोला, चक्रबहादुर सिंहहरुको पदमा बढुवा हुने बाटो खुल्छ । सँगै, सुशीलकुमार भण्डारीको निधनपछि रिक्त डिआइजी पदमा वीरेन्द्र श्रेष्ठलाई बढुवा दिने गरी गृहले कागजात अगाडि बढाएको छ । उनी ०४७\०३\२५ का इस्पेक्टर हुन् । डिआइजीका अर्का दावेदार ०४९÷०१÷१९ मा भर्ना मितिका घनश्याम अर्याल पनि थिए । तर, ‘अभागीलाई खाने बेला रिस उठ्छ’ भनेजस्तो बढुवाको मुखैमा आएपछि हेडक्वार्टरकै एकजना फलोअर्स महिलासँग जोडिएर काण्ड लागेको छ ।
News Desk 0 response बुधबार, पुस १८, २०७५
त्यस्तै बहुचर्चित गोरु तस्करी काण्डमा मुछिएका बाँकेका एसपी अरुण पौडेललाई हेडक्वार्टर तानेर त्यहाँ पाटनबाट शेखर खनाललाई पठाउने तयारी भइरहेको छ । फितलो कमाण्ड कन्ट्रोलका कारण पटक–पटक सचेत गराइएका एसपीहरुले आफूलाई सशक्त देखाउन नसकेपछि धनुषाबाट गोविन्द थपलिया र सुनसरीबाट राजन अधिकारीलाई हेडक्वार्टर तानी त्यहाँ सोमेन्द्रसिंह राठौर, बसन्त रजौरेमध्येबाट पठाउने तयारी छ । तस्करीमा नाम मुछिएपछि बुटवल इप्रकाका डिएसपी डिलबहादुर मल्ल र त्यहीँको मिसनबाट फर्किनेबित्तिकै पोस्टिङ पाएका इन्स्पेक्टरलाई प्रदेशका डिआइजी पिताम्बर अधिकारीको सिफारिसअनुसार तानिँदैछ । हाल हेडक्वार्टरमा कार्यरत एसएसपी पूजा सिंह ट्राफिक महाशाखामा पहिलो महिला इञ्चार्ज हुने पर्खाइमा भएको जनआस्थाले समाचार लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



