

-
काठमाडौं ।
केही दिन अघि परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको बिज्ञप्तिका वारे पछि भुलसुधार गर्नु परेको थियो । अंगे्रजीमा समबेदना लेख्नु पर्नेमा बधाई लेखिएको बिज्ञप्तिले सामाजिक सञ्जाल रंगिएपछि मन्त्रीको सचिवालयले केही भुल भएको स्वीकार गरेको थियो । त्यही कामका लागि खटिएका कर्मचारीको सानो गल्तीले यति ठुलो बद्नामा हुनु कर्मचारी सरकारप्रति जिम्मेवार छैन भन्ने देखाउँछ ।
News Desk 0 response मङ्लबार, पुस १७, २०७५
शासकहरूले कर्मचारीले नटेरेका कारण विकास र समृद्धिको मूल फुटाउन नसकेको धम्की मिश्रित गुनासो बढी नै सुनिन थालेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सार्वजनिकरूपमै केही साता पहिले कर्मचारीलगायत राज्यका अंगहरूले नटेरेको गुनासो गरेका थिए । नेकपा (नेकपा)कै अर्का अध्यक्ष पुष्पकमल दाहालले सोमवार विराटनगरमा ‘पुराना व्यवस्थाका कर्मचारीले परिवर्तन आत्मसात् नगरेको‘ भन्दै अप्रत्यक्षरूपमा ‘प्रतिक्रियावादी’ भएको आरोप लगाएका छन् । सामाजिक अगुवा अधिबक्ता भेषराम ढकाल भन्छन्,‘हुन पनि नेपालको कर्मचारीतन्त्र काम गर्नुपर्दा अररो हुन्छ भने खानमा मौका पर्नेबित्तिकै बुझो हालिहाल्ने ‘चोर गोरु’जस्तै चण्डाल छ । यसैले नेपालको कर्मचारीतन्त्रलाई कजाउन सजिलो छैन ।’ उनले थपे, ‘तर, कर्मचारीलाई प्रतिक्रियावादी कित्तामा राख्ने शासकहरूले पनि लोकतान्त्रिक गणतन्त्र आत्मसात् गरेको भने देखिएको छैन ।’
अहिलेको सरकार पनि विगत केही दशकका सरकारहरूभन्दा खासै फरक देखिएको छैन । शासकहरूको दम्भ र अहंकार अझै बढेको छ । नागरिकलाई ‘घुँडा टेकाउने’ व्यवहारले सामन्ती संस्कारकै निरन्तरताको झल्को दिन्छ । सवारी चालकको नामसमेत किर्ते गरेर राज्य कोषको पैसा खाने मन्त्री र सांसदलाई कर्मचारीले के टेर्थे त ? सरकारमा बस्नेको बिलासिता कर्मचारीले पनिसबै देखेकै छन् । त्यसकारण पनि समस्या भएको पूर्व कर्मचारी बाबुराम कार्की बताउँछन् ।
कर्मचारीलाई भ्रष्टाचारीको आरोप लगाउने राजनीतिक नेताले एकपटक आत्म निरीक्षण गरे हुने कार्कीको भनाई छ । उनले भने, ‘पुरानो व्यवस्थाका र अहिलेका शासकहरूको विचार र व्यवहारमा कति फरक छ ? के अहिलेका नेताको जीवन शैली हेर्दा यिनलाई प्रगतिशील र लोकतान्त्रिक भन्न मिल्ने कुनै आधार छ ? कर्मचारीलाई कजाउन कि त तर्साउनु पर्यो । नभए उनीहरूलाई आदर्श र नैतिकताबाट जित्न सक्नुपर्यो । कर्मचारी रोबोट त हैनन् ।’
‘चाटुकार भारदारबाहेक सामान्य जनताले अहिलेका कुन शासकबाट के प्रेरणा लिने ? राजनीतिक नेताले आफ्नो आयव्यय पारदर्शी गर्न सक्छन् ? वैध आयले सत्ता वा प्रतिपक्षका कुनै पनि राजनीतिक नेताको जस्तो विलासी जीवनयापन गर्न पुग्छ ?’ अर्का अधिबक्ता मोहन मास्के प्रश्न गर्छन् ।
अहिलेको अवस्था हेर्दा त राजनीतिक नेतृत्वले देश लुट्ने ‘लाइसेन्स’ पाएको ठानेजस्तो देखिएको छ । सायद, यिनै र यस्तै कारणले कर्मचारीले नेताहरूलाई नटेरेका हुन् । यसैले पहिले नेताहरूले लोकतान्त्रिक गणतन्त्रतर्फको परिवर्तनअनुरूप आफ्नो आचार र विचार सच्याऊन् । देश लुट्ने सोच र शैली त्यागून् । त्यसपछि कर्मचारीले परिवर्तनलाई खुला हृदयले नै आत्मसात् गर्नेछन् ।

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
निर्वाचनमा देशैभर हेलिकप्टरबाट पट्रोलिङ
बुधबार, फाल्गुन २०, २०८२
-
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
निर्वाचनमा देशैभर हेलिकप्टरबाट पट्रोलिङ
बुधबार, फाल्गुन २०, २०८२
-
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
फागुन २१ को चुनावी तयारी अन्तिम चरणमा
शुक्रबार, फाल्गुन १५, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२



