

सगरमाथाको उचाई नाप्न खटिएका कर्मचारी भैरहवाको नापी कार्यालयमा
भौतिक सचिवको छायाँ भूमि ब्यवस्था मन्त्रालयमा
-
काठमाडौं ।
सगरमाथाको उचाई मापन गर्न खटिएका कर्मचारी भैरहवाको नापी कार्यालयमा हाजिर गर्न पुगेपछि अहिले भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयमा फरकखाले खैलाबैला छ । नेपाल सरकार कै खर्चमा ठूला हिमाल नाप्ने कौशलता अध्ययन गरेका ब्यक्तिलाई पत्तै नपाई भैरहवाको नापी कार्यालय लगिएको छ । नाजजाँचको काम गरिरेहका प्राविधिक यसरी सरुवा भएपछि मन्त्री पद्मा अर्यालको पनि आलोचना हुन थालेको छ । सरकारले नै अजीत कुँवरलाई तीस लाख भन्दा धेरै रकम लगानी गरेर अध्ययन गराएको थियो । उनले अध्ययन अनुसार सगरमाथाका बिषयमा काम पनि गर्न थालेका थिए । तर, उनलाई भूमि मन्त्रालयको एक समुहले भैरहवा लगेको छ ।
News Desk 0 response मङ्लबार, पुस १७, २०७५
अहिले भूमि मन्त्रालयका मन्त्रीलाई कर्मचारीभित्रको गिरोहले चलाईरहेको त्यहाँका कर्मचारीहरु नै बताउँछन् । सोझा तथा ईमान्दार कर्मचारीलाई पाखा लगाएर मन्त्रालयमा संगठनका दादागिरी र लेनदेनका कर्मचारी हाबी भएको स्पष्ट देखिन्छ । त्यसोत भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव मधुसुदन अधिकारीले समेत यो मन्त्रालयमा कर्मचारी उताउता गरिरहेका छन् । अहिले मन्त्री अर्याल र नापी बिभागका महानिर्देशकबीचमा दरार उत्पन्न गरेर भौतिक योजनाका सचिव र भूमिमा कार्यरत कर्मचारीले मस्ती गरिरहेका छन् । भौतिक मन्त्रालयका सचिवको योजनामा भूमि ब्यवस्था मन्त्रालयका उपसचिव कमल घिमिरे,दामोदर ढकाल,नापी कार्यालय कास्की पुगेका खिमलाल गौतम,अनिल मरासिनी,नारायणप्रसाद रेग्मी फनफनी घुमिरहेका छन् । त्यसोत तनहुँका दिनेश काफ्ले पनि यही समुहमा बसेर आर्थिक उपार्जनमा ब्यस्त छन् । कर्मचारी संगठनको दुरुपयोग गर्दै यो समुहलाई सहयोग गर्नेमा सहदेब घिमिरे प्रमुख योजनाकार छन् । बिगतको सम्वन्धका आधारमा भौतिक सचिव अधिकारीले आफ्नो मन्त्रालयमा मस्ती मार्दा पनि मन्त्री अर्याल भने मुकदर्शक बनेको मन्त्रालय वरिपरि हल्ला चलेको छ । नापी अन्तर्गतका सरुवामा सोही बिभागका महानिर्देशकको संलग्नता हुनु पर्ने भएपनि यो समुहले महानिर्देशक भट्टलाई ढिम्कन दिएको छैन । भट्ट आफैले पनि यस बारेमा गतिलो भूमिका देखाउन नसकेको आरोप लाग्ने गरेको छ । त्यसोत नापी बिभागकै अर्का प्राबिधिक मुन दत्त पनि परिभाषित जिम्मेवारी भन्दा बाहिर सरुवा भएका छन् । यो समुहले मन्त्रीलाई प्रभावमा पारेर सफल तुल्याउने वाहानमा स्वार्थ अनुकुल काम गरिरहेको छ । स्याङ्जा बाट विजयी बनेकी अर्यालले सोही जिल्लाका कर्मचारीलाई धेरै बिश्वास गरेका कारण पनि नाजायज ब्यक्तिले फाईदा उठाईरहेका छन् । त्यसोत केही समय अघि गृहमन्त्रालयबाट भूमि ब्यवस्था मन्त्रालयमा सरुवा भएर आएका सहसचिवको पोष्टिङमा ढिलाई भएको थियो । यही समुहको नाजायज स्वार्थका कारण पोष्टिङ ढिलाई भएको मन्त्रालयमा हल्लाखल्ला छ । जिल्लावासी र संगठनको मान्छेको नाममा मन्त्री अर्यालले सहयोगको अपेक्षा गरेपनि उनीहरु बाटै समस्या थपिएको एक कर्मचारीले जनप्रशासनलाई बताए । यसमा सुधार नगर्ने हो भने मन्त्री अर्याल अझै समस्यामा पर्ने ती कर्मचारीको भनाई छ ।
जनप्रशासन पाक्षिकवाट

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



