

-
वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनद्वारा अर्थमन्त्रीमा मनोनित जेनेट येलेनलाई अनुमोदन गरेको छ । उनी अमेरिकी अर्थमन्त्रीको पद सम्हाल्ने पहिलो महिला पनि हुनेछिन् ।
अर्थमन्त्री येलेनमाथि कोभिड–१९ सँग सम्बन्धित विशाल आर्थिक प्याकेजमा तल्लो सदन कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने ठूलो चुनौती छ ।
येलेनले यसअघि अमेरिकी केन्द्रीय बैंकको पनि सन् २०१४ देखि २०१८ सम्म पहिलो महिलाका रुपमा नेतृत्व गरिसकेकी छिन् । उनीसँग विगतमा ह्वाइट हाउसको आर्थिक सल्लाहकार परिषदमा रहेर पनि काम गरेका अनुभव छ ।
राष्ट्रपति जो बाइडेनले कोभिड–१९ का कारण अमेरिकी अर्थतन्त्रमा परेको असर न्यून गर्न भन्दै अघि सार्नु भएको १९ खर्ब डलरको आर्थिक पुनरुत्थान प्याकेजलाई कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने येलेनसामु पहिलो चुनौती छ ।
सिनेटको वित्त समितिमा भएको सुनुवाईका क्रममा येलेनले ब्याजदरमा निकै गिरावट आएकाले बाइडेन प्रशासनले ठूलै आर्थिक प्याकेज घोषणा गर्नु सकारात्मक कदम हुने बताएकी थिइन् ।
सोमबार राष्ट्रपति बाइडेनले पनि राहत योजना अघि बढाउँदा अमेरिकी कङ्ग्रेसका दुबै दलबीच सहमति जुटाउन पहल गर्ने बताएका छन् ।
उनले अहिले लगानी नगरे कोभिड–१९ बाट सिर्जित आर्थिक चुनौती अझ व्यापक हुने र पछि त्यसलाई सम्बोधन गर्दा अझ ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ भनेका छन् । उनले भने, “लगानीको उपयुक्त समय नै अहिले हो, त्यसैले लगानी नगरी हामी चुप बस्न मिल्दैन ।”
सिनेटमा सुनुवाईका क्रममा वित्त समितिका अध्यक्ष सिनेटर रोन वाइडेनले अर्थमन्त्रीमा प्रस्तावित येलेन प्रतिभाशाली अर्थशास्त्री भएको चर्चा गर्दै अहिलेको विषम परिस्थितिमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न उनी उपयुक्त र योग्य व्यक्ति रहेको बताए ।
रिपब्लीकनका तर्फबाट सिनेटमा अल्पमतका नेता मिच म्याक्कोनेलले आफ्नै पार्टीका एक दर्जनभन्दा बढी सदस्यले बिरोध गरे पनि येलेनको अनुमोदनलाई समर्थन गरेका थिए । एजेन्सी
News Desk 0 response मङ्लबार, माघ १३, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



