

-
सिमकोट । हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् ।
तीनवटा गाउँपालिका रहेका हुम्लामा ७७ सामुदायिक तथा निजी विद्यालय रहेका छन् । तीमध्ये सिमकोटमा २८, सर्केगाडमा ३२ र ताँजाकोट गाउँपालिकामा १७ विद्यालय छन् । गाउँ कार्यपालिकाको निर्णय अनुसार कोरोना सङ्क्रमणको त्रास कम भएका कारण यहाँका सबै विद्यालय माघ १५ गतेबाट सुचारु हुन लागेका हुन् ।
ताँजाकोट गाउँपालिकाका चार माध्यामिक र १३ आधारभूत विद्यालय गरी कूल १७ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन शुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए । गाउँ कार्यपालिकाले विद्यालयमा पठनपाठन शुरु गर्ने निर्णय गरेसँगै गाउँपालिकाका कार्यालयले सबै विद्यालयलाई पठनपाठनको तयारी गर्न पत्राचार गरिसकेको उनले बताए । कोरोना सङ्क्रमण विरुद्धका सामग्री भने गाउँपाकिलाले सहयोग गर्नेभएको छ ।
कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा माघ १५ गतेबाट पठनपाठन शुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताए । अन्य सबै काम गर्न हुने तर विद्यालय बन्द गरिरहनु उपयुक्त नदेखिएको कारण पठनपाठन सुचारु गर्ने निर्णय भएको होे ।
यता सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाभित्रका विद्यालयमा पनि यही माघ १५ गतेबाट पठनपाठन सुचारु हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । सिमकोट गाउँपालिका र विद्यालयका प्रधानाध्यापकबीचको बैठकले अब पठनपाठन शुरु गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमण त्रास कम भएको र अन्यत्र सबैतिरका विद्यालयमा पठनपाठन सुचारु भएको बेला सिमकोट गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन गर्ने निर्णय स्वागतयोग्य भएको अविभावकको भनाइ छ ।
यो समय हुम्लाका विद्यालयमा हिँउदे बिदा हुने समय हो । तर यस वर्ष कोरोनाका कारण नयाँ शैक्षिक सत्र शुरु भएदेखि नै पठनपाठन नभएको र हाल कोरोनाको त्रास कम भएको निष्कर्ष निकाल्दै आगामी माघ १५ गतेबाट पठनपाठन सुचारु गर्ने निर्णय भएको होे ।
सिमकोट गाउँपालिकामा सामुदायिक र संस्थागत गरी २८ विद्यालय रहेका छन् । पठनपाठन सुचारु हुने विद्यालयलाई सेनिटाइटर र मास्कको व्यवस्था पनि गरिने भएको छ । गत साउन र कात्तिक महिनामा हुम्लाका विद्यालयमा पठनपाठन शुरु भएको भए पनि कोरोना सङ्क्रमित देखिएपछि बन्द भएका थिए । यसअघि पुस १५ बाट अदानचुली गाउँपालिकाका २१ विद्यालयमा पठनपाठन सुचारु भइसकेको छ । अब नाम्खा, खार्पुनाथ, चङ्खेली र ताँजाकोट गाउँपालिकाका विद्यालयमा पठनपाठन हुन बाँकी छ । रासस
News Desk 0 response मङ्लबार, माघ १३, २०७७

सम्बन्धित शीर्षकहरु
-
फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३ -
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३
-
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३ -
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



