

-
सिड्नी । अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ ।
प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत भएको घोषणा गर्दै आगामी फेब्रुअरीको अन्त्यदेखि खोप लगाउन थालिने सम्भावना रहेको बताए ।
अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोपका लागि थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन (टिजिए) बाट अनुमति प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो ।
प्रधानमन्त्री मरिसनले पत्रकारहरुले सोधको प्रश्नको जवाफ दिँदै अस्ट्रेलियाको नियामक निकायले विस्तृत अध्ययन पश्चात फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको जानकारी दिए । उनले यो खोप अस्थायी र आकस्मिक नभई पूर्ण खोपका रुपमा अस्ट्रेलियाले स्वीकार गरेको पनि बताए ।
अस्ट्रेलियाले यसअघि नै फाइजरसँग एक करोड डोज खोपका लागि फाइजरसँग अनुबन्ध गरिसकेको छ । यसबाट करिब ५० लाख मानिसलाई खोप दिन पर्याप्त हुनेछ । कार्यक्रम अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई खोप दिइने छ ।
प्रधानमन्त्री मरिसनले आगामी अक्टोबरसम्ममा खोप अभियान पूरा हुने पनि जानकारी दिए ।
भाइरसको प्रकोप देखिनासाथ कडा लकडाउन र सीमाहरु बन्द गरेको अस्ट्रेलियामा तुलनात्मक रुपमा कम संख्यामा मानिस संक्रमित भएका थिए । तैपनि करिब २ करोड ५० लाख जनसंख्या रहेको अस्ट्रेलियामा २९ हजार व्यक्ति संक्रमित भएका र ९०९ जनाको ज्यान गएको थियो ।
अस्ट्रेलियाले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको ५ करोड भन्दा बढी डोज खोपका लागि आदेश दिइसकेको छ । यो खोपको अधिकांश हिस्सा अस्ट्रेलियामै उत्पादन गरिने भए पनि अस्ट्रेलियाको नियामक निकाय टिजिएले त्यसलाई मान्यता दिइसकेको छैन । एजेन्सी
News Desk 0 response सोमवार, माघ १२, २०७७

सम्बन्धित शीर्षकहरु
रूस–युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्पका दूत विटकफले आज पुटिनसँग छलफल गर्दै
मङ्लबार, मंसिर १७, २०८२-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा फेरि लडाइँ
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२ -
अमेरिका–युक्रेनबिच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार
शनिबार, मंसिर २१, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२



