

-
लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र सो भाइरसको संक्रमणबाट यति धेरै नागरिकको ज्यान गएको छ ।
बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलो पटक भएको पनि बुधबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएका छन् ।
यसैगरी यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबारसम्ममा यहाँका ९३ हजार २९० जनाको कोरोना भाइरसबाट नै निधन भएको बताइएको छ । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन् ।
उता यहीँबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ ।
विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ ।यसैगरी बेलायतमा बुधबारमात्र पनि ३८ हजार ९०५ जना नागरिकमा यो संक्रमण देखिएको छ । एकै दिनमा यति धेरै संख्यामा संक्रमित पाइएको पनि केही दिन यताको यो ठूलो संख्या पनि हो ।
यो समेत गरी बेलायतमा कोभिड १९ का संक्रमितको संख्या पनि निकै बढेको छ । समाचारअनुसार यही बुधबारसम्ममा यहाँका ३५ लाखभन्दा बढी नागरिकमा यो संक्रमण पुगेको छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ ।
बुधबार मात्र विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको यो भाइरसका कारण ज्यान गएको छ । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । पछिल्ला दिनहरुमा संक्रमितहरु थपिने क्रम बढ्दै गएको छ ।
पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ । रासस/सिन्ह्वा
News Desk 0 response बिहिबार, माघ ८, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



