

-
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार कोभिड–१९ बाट संक्रमितमध्ये झण्डै ९१ प्रतिशत अर्थात् करिब ७३ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।
कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २० हजार ५२७ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको भारतमा पछिल्लो पटक मृत्यु दरमा १।४९ प्रतिशतले कमी आएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाभाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ६ लाख ४ हजारको हाराहारीमा रहेको जनाएको छ ।
परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या १० करोड ६५ लाख रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरुमा महाराष्ट्रका ९१, पश्चिम बंगालका ६०, छत्तिसगढ र कर्नाटकका ५५–५५, दिल्लीका ४०, तमिलनाडूका ३५ तथा केरलाका २७ जना रहेका छन् ।
भारतमा कूल मृत्यु भएका १ लाख २० हजार ५२७ व्यक्तिमध्ये महाराष्ट्रका ४३ हजार ५५४, कर्नाटकका ११ हजार ४६, तमिलनाडूका ११ हजार १८, उत्तर प्रदेशका ६ हजार ९५८, आन्ध्र प्रदेशका ६ हजार ६४३, पश्चिम बंगालका ६ हजार ६६४, दिल्लीका ६ हजार ३९६, पञ्जाबका ४ हजार १५८ तथा गुजरातका ३ हजार ७०१ जना रहेका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयले कूल मृत्यु भएका व्यक्तिमध्ये झण्डै ७० प्रतिशत व्यक्ति अन्य रोगबाट पीडित रहेको जनाएको छ । एजेन्सी
News Desk 0 response बिहिबार, कार्तिक १३, २०७७

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



