

-
वासिङ्टन । विश्व कोरोना भाइरस सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार दिएको पछिल्लो अपडेटमा जनाएको छ । यद्यपी विश्वका केही अन्तर्राष्ट्रिय सञ्चार माध्यम कोरोना भाइरस सङ्क्रमितको चार करोड नाघेको जनाएको छ ।
उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन करोड ९९ लाख ६७ हजार ७३६ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख १३ हजार ३५२ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।
यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये करिब ३ करोड व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८१ लाख ५० हजार भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् ।
कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख १९ हजार ६७४ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् ।
कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७५ लाख ५० हजार २७३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । कोरोना सङ्क्रमणबाट १ लाख १४ हजार ६१० जनाको मृत्यु भएको छ । विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६६ लाख ६३ हजार ६०८ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ ।
ब्राजिलमा ५२ लाख २४ हजार ३६२ व्यक्ति कोरोना सङ्क्रमित रहेका भने एक लाख ५३ हजार ६७५ जनाको मृत्यु भएको छ । चौथो स्थानमा रहेको रुसमा १४ लाख ६ हजार ५०४ जना सङ्क्रमित रहेका भने २४ हजार २१२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो । एजेन्सी
News Desk 0 response सोमवार, कार्तिक ३, २०७७

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



