

-
सिन्धुपाल्चोक ।
पुनर्निर्माणमा प्राविधिक सहयोग गर्न गाउँ–गाउँमा खटिएका प्राविधिकहरुले भूकम्प पीडितहरुसँग खुलेआम घुस लिएको जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको घोर्थली र तौथलीमा खटिएका प्राविधिकहरुले घर पास गर्नका लागि जनही १० हजार घुस लिएका त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । घुस मागे पनि उनीहरुलाई कार्वाही गर्न नसकिएको उनको भनाई छ ।
बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले मापदण्ड नपुगेको घर पनि पास भइरहेको भन्दै यसमा अनियमितता भएको बताए । वडा अध्यक्ष र प्राविधिकहरु मिलेर अनियमितता गरेको प्रमुखको भनाई छ । तथापि यस वारेमा कुनै उजुरी र कार्वाही भने भएको छैन ।
वास्तविक भूकम्पपीडितले सुन्दर र सुरक्षित घर बनाए पनि कतिपयले भने एक कोठे घर निर्माण गरी अनुदानको रकममा नै नाफा निकालेको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले बताए । ‘जो खास पीडित हो उसले राम्रो घर बनाएका छन्, जस्को अन्यत्रै घर छ उसले झारा टारेर एक कोठे घर बनाएर अनुदान लिएको छ’, मेयर तामाङले भने ।म्याद थप भइरहँदा दिनानुदिन गुनासोको संख्या बढिरहेको भन्दै तत्काल गुनासो भर्ने काम बन्द गर्नुपर्ने उनले सुझाए ।
स्थानीय तहलाई पुननिर्माणको अधिकार नदिँदा पुनर्निर्माणको काम पारदर्शी बन्न नसकेको गाउँपालिका महासंघका अध्यक्षसमेत रहेका जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ बताउँछन् ।
उनका अनुसार कतिपय वास्तविक पीडित नै अनुदानबाट बञ्चित छन् । स्थानीय तहलाई कागजी रुपमा अधिकार दिइए पनि कार्यान्वयन पुरानै ढंगमा हुँदा समस्या भएको उनको बुझाइ छ । ‘कर्मचारी, जनशक्तिसहित सिष्टम नै स्थानीय तहमा जाने हो भने हामी गैरपीडितलाई ठेगान लगाउँछौं, वास्तविक पीडितलाई न्याय दिनसक्छौं’, उनी भन्छन् ।
पहिलो र दोस्रो किस्ता लिएर तेस्रो किस्ता नलिएरै राज्यकोषको २ लाख रुपैयाँ पचाउने नियत देखिएको भन्दै बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले पुननिर्माणका क्षेत्रमा अनुगमन नहुँदा समस्या भइरहेको सुनाए । ‘एउटै ब्यक्तिको जग्गामा दर्जनौ घरको डीपीसी भएका छन्, उनीहरुको घर बनाउने सोच नै हैन, अनुदान पचाउने दाउ मात्रै देखियो’, मेयर शेर्पाले भने,‘ वडाध्यक्ष र प्राविधिकहरु नै कमिसनमा लागेका छन् ।’
News Desk 0 response आइतवार, कार्तिक २५, २०७५

सम्बन्धित शीर्षकहरु
-
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३
-
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३



