

-
अमेरिकी संघीय एक न्यायाधीशले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन् ।
राष्ट्रपति ट्रम्पको आदेश अनुसार अमेरिकामा आइतबार रातिदेखि टिकटक डाउनलोड गर्न पाइने छैन । यसअघि अमेरिकी बाणिज्य मन्त्रालयले टिकटक प्रतिबन्ध लगाउने आदेशको कार्यान्वयनलाई सेप्टेम्बर २७ सम्म स्थगित गर्ने बताएको थियो ।
राष्ट्रपति ट्रम्पले टिकटक खरिद गर्न इच्छुक अमेरिकी कम्पनीहरु ओराकल र वाल्मार्टले टिकटकमाथि पूर्ण नियन्त्रण गर्न पाउनुपर्ने शर्त अघि सारेका थिए । यी दुई अमेरिकी कम्पनीले टिकटकको अमेरिका व्यवसाय खरिद गर्न टिकटकको आधिकारिक कम्पनी बाइटडान्ससँग सम्झौता गरेका छन् ।
गत अगष्ट ६ मा ट्रम्पले अमेरिकी सुरक्षा र अमेरिकी नागरिकको व्यक्तिगत गोपनीयतामा खतरा औंल्याउँदै चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकामा कारोबार गर्न प्रतिबन्ध लगाउने गरी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले टिकटक र विच्याटजस्ता चिनियाँ कम्पनीहरुले गोप्य अमेरिकी तथ्याँक विवरणहरु चिनियाँ सुरक्षा निकायहरुलाई उपलब्ध गराएको आरोप लगाएका छन् । एएनआई
News Desk 0 response सोमवार, अशोज १२, २०७७

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



