• काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । जसमध्ये ७२५ जना पुरुष र ३४४ महिला छन् ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार थपिएको संख्याबारे जानकारी दिएसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । उनले यस अवधिमा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको बताएका छन् ।

    प्रवक्ता गौतमका अनुसार यसै अवधिमा ७ सय ६८ जना कोरोनाबाट मुक्त भएका छन् । यीसहित अहिलेसम्म २२ हजार १ सय ७८ जना घर फर्किएका छन् । त्यस्तै देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ छ । हालसम्म क्वारेन्टाइनमा ७ हजार ३९० जना रहेका छन् ।

    त्यसैगरी २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्युृ भएको मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको मन्त्रालयले बताएको छ ।