

-
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएको संख्याबारे पुष्टि गरेका हुन् । जसमध्ये ५९६ पुरुष र ३ सय ३ जना महिला छन् । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको प्रवक्ता डा. गौतमले बताए । उनका अनुसार यस अवधिमा ११ हजार १२९ वटा नमूनाको पीसीआर परीक्षण सम्पन्न भएको थियो ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र २९८ जना छन् । तीमध्ये काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । आइतबार उपत्यकामा मात्रै ४ सय २९ जना संक्रमित थपिएका थिए ।
मन्त्रालयका अनुसार २४ घण्टामा थप ५ सय ८८ जना कोरोनामुक्त भई घर फर्किएसँगै अहिलेसम्म २१ हजार ४ सय १० जना घर फर्किसकेका छन् । त्यस्तै १७ हजार ८ सय २२ जना संक्रमित आइसोलेसनमा रहेका छन् । मुलुकभरका क्वारेन्टाइनमा ७ हजार ३ सय ३७ जना छन् ।
त्यसैगरी सोही अवधिमा थप ७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म २२८ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response सोमवार, भदौ १५, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



