

-
काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ को सङ्क्रमण नेपालको कारागारमा समेत देखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा सङ्क्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ । आइतबारसम्ममा शङ्कास्पद ८७९ जनाको पिसीआर परीक्षणमा १६६ जनामा सङ्क्रमण भेटिएको छ । त्यसमध्ये ७२ जना सङ्क्रमण मुक्त भइसकेको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए । उनका अनुसार भदौको पहिलो सातामा पर्साको वीरगञ्ज कारागारबाट सङ्क्रमण देखिएको थियो ।
त्यसपछि जोखिम क्षेत्रको सात वटा कारागारमा नमूना सङ्कलन गरेर परीक्षण गर्दा अन्यमा समेत देखिएको हो । नयाँ कैदीबन्दी र कारागारको सुरक्षामा खटिएका प्रहरीमा पहिलो पटक कोरोना देखिएको थियो । केहीअघि काठमाडौँको केन्द्रीय कारागारसहित स्याङ्जा, बाँके, सिन्धुपाल्चोक, सिरहा, सुनसरी र पर्साको कारागारमा शङ्कास्पद कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिएको सापकोटाले बताए ।
काठमाडौँको केन्द्रीय कारागारमा मात्रै चार जनामा देखिएको छ । प्राप्त विवरणअनुसार कारागारका सुरक्षाका लागि खटिएका २०७ प्रहरीमा पिसीआर परीक्षण गर्दा ५२ जना तथा कर्मचारी ७८ को परीक्षणमा सात जना सङ्क्रमित भएका हुन् । बाँकी सबै कैदीबन्दी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । हाल कारागारमा २४ हजार १०० कैदीबन्दी छन् । कूल ८२० कर्मचारी र झण्डै दुई हजार प्रहरी रहेका छन् । कारागारभित्र सामाजिक दूरी कायम गर्न सक्ने अवस्था नभएकाले उच्च जोखिम छ ।
News Desk 0 response सोमवार, भदौ १५, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



