• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतकहरुमध्ये १० जना पुरुष र ४ जना महिला छन् । यसरी अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको मन्त्रालयले बताएको छ ।

    मन्त्रालयको नियमित कोभिड–१९ ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु पुष्टि हुनेहरुमा ललितपुरका २९, भक्तपुरका ६५, सुनसरी ६०, मोरङका ६२, महोत्तरीका ७० र ३५, रौतहटका ३०, रुपन्देहीका ५७ र ६७ र नवलपरासीका ६२ वर्षीय पुरुषहरु भएको बताए ।

    उनका अनुसार मृत्यु हुने महिलाहरुमा काठमाडौंकी ७२, महोत्तरीकी ६२, सुनसरीकी ७४ र बाराकी ४७ वर्षीया महिला रहेका छन् ।

    २४ घण्टामा १२ हजार १७ जनाको पीसीआर परीक्षण भएकोमा १२ सय २१ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । यीसँगै नेपालमा अहिलेसम्म कुल संक्रमित हुनेको संख्या ३८ हजार ५६१ पुगेको छ ।