• काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लाकागरी विगत २४ घण्टामा थप १२ जनाको कोभिड–१९ बाटट ज्यान गएको पुष्टि गरेका छन् । यसरी मृत्यु हुनेमा आठ पुरुष र महिला जना महिला रहेका छन् ।

    मृतक पुरुषहरुमा पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, रुपन्देहीका ६० वर्षीय पुरुष , कास्कीका ५२ वर्षीय र उदयपुरका ५२ वर्षीय छन् ।

    त्यस्तै मृतक महिलाहरुमा मोरङका ५६ र ६५ वर्षीया, भक्तपुरकी ६३ वर्षीया र मकवानुपरकी ७१ वर्षीया रहेका छन् । यीसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेका संख्या १९५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।