

-
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभरबाट १० हजार २३४ वटा नमुनाको परीक्षण भएकोमा ७४३ जना कोभिड–१९ का नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यीसहित नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकामा मात्र २२४ जना रहेका छन् । तीमध्ये काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना रहेको सोमबारको कोभिड–१९ अपडेट ब्रिफिङ प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार अहिले कुल संक्रमित मध्ये १३ हजार ७ सय २५ जनाको उपचार भइरहेको छ । त्यसमध्ये ४ हजार ५ सय ६१ जना होम आइसोलेसनमा बसेका छन् ।अहिलेसम्म कुल १८ हजार ८०६ संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा विभिन्न कोरोना उपचार केन्द्रबा थप १७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।
त्यसैगरी यस अवधिमा थप ८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै अहिलेसम्म नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या १५७ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response सोमवार, भदौ ८, २०७७

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



